अनेसास डिसी मेट्रो शाखाको निर्वाचन सम्पन्न ,पुस्कर पन्त अध्यक्ष पदमा निर्वाचित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टर (शाखा)को अध्यक्ष पदमा पुस्कर पन्त निर्वाचित भएका छन । निर्वाचन समितिका अनुसार १३ सदस्यीय विभिन्न पदमा उम्मेदवारी दिएका सबै पदाधिकारीहरु नयाँ कार्यकारी समितिमा सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।
उक्त नव निर्वाचित कार्यकारी समितिको कार्यकाल २०२२-२०२४ सम्म रहने छ । निवाचन समितिका अनुसार गत जुन १० ,२०२२ सम्ममा प्राप्त गरेको निवेदनहरुमा एक पदमा एक जनाको मात्र उम्मेदवारी परेको हुनाले सबै पदमा सर्वसम्मत रुपमा निर्वाचित भएको उल्लेख गरेको छ ।
तर निवेदन दिने मिति जुन १३ ,२०२२ को मध्य राती सम्म रहेता पनि एक पदमा एकै जनाको मात्र निवेदन परेको हुनाले १३ अब निर्वाचन गर्नु पर्ने आवश्य नपर्ने भन्दै सबैलाई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
सर्वसम्मतबाट निर्वाचित हुनेहरुमा क्रमस अध्यक्षमा पुस्कर पन्त ,उपाध्यक्षमा कबिन्द्र सिटौला ,महिला उपाध्यक्षमा सुनिता खत्री ,सांस्कृतिक उपाध्यक्षमा रजनी श्रेष्ठ ,निलकन्ठ सुबेदी महासचिव ,सकुन्तला अधिकारी सचिव तथा कोषाध्यक्षमा गोमा न्यौपाने रहेका छन ।
यसैगरी कार्यकारी सदस्यहरुमा राम न्यौपाने ,लोक कुमारी सुबेदी ,रबिन्द्र श्रेष्ठ ,संगीता पन्त ,बिमला थापा तथा पुष्पा खनाल निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यकारी समितिको सपथ ग्रहण आगामी जुलाई २३ शनिबारका दिन हुने निर्वाचन समितिका संयोजक प्रकाश नेपालले ईनेप्लिजलाई बताए ।
उक्त निर्वाचन समितिमा अम्बिका गुरुङ तथा मनोज अर्याल समेत रहेका छन् ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया