रुस र युक्रेन बीच ५ नागरिक आदान-प्रदान :युक्रेन

इनेप्लिज २०७९ असार ४ गते २०:१६ मा प्रकाशित

रुस र युक्रेन बीच ५ नागरिक आदान-प्रदान गरिएको छ ।

युक्रेनको रक्षा गुप्तचर निर्देशनालयले पाँच युक्रेनी नागरिकलाई रुससँग पाँच-पाँच कैदीको आदानप्रदानमा फिर्ता गरिएको जनाएको छ।

साटासाट गरिएका रुसी लडाकुहरू थिए या थिएनन भन्ने बारे उल्लेख नगरिएको एलजजिराले समाचारमा जनाएको छ ।

निर्देशनालयका अनुसार पाँच मध्ये चार युक्रेनी नागरिकलाई रूसले किभ क्षेत्रका केही भागहरू कब्जा गर्दा बन्दी बनाएको थियो ,जहाँबाट रुसी सेना गत मार्च महिनाको अन्त्यमा फिर्ता भएको थियो ।

प्रतिक्रिया