भर्खरै रवि लामिछाने राजनीतिमा उत्रने खवर फैलिए पछि हामी अमेरिकामा बसेर नेपाल तिर झ्याल खोलेर हेर्दै सुन्दै आएका नेपालीहरूमा कौतुहलताको तरंड्ग पैदा भएको छ। भर्खरै बालेन्द्रले जन्माएको उत्साह र रविले थपेको उर्जा का साथै अर्का राजनीतिका समर्थ खेलाडी रविन्द्र मिश्र थाकेर पसीना काडदैं मैदान वाहिरको वेन्चमा पंखा हम्केंर हांफ्दै गरेको नैराश्यजनक दृश्य विद्धुतिय वेगले यो पाताल सम्म पसेको छ ।
झट्ट हेर्दा अमेरिकाको राजनीति पनि पट्यार लाग्दो हुन्छ । बलियाको हैकम यहां पनि बढी देखियो। तर सामान्यतया अपराध गरे पछि हुने दंण्डको कानूनी प्रावधानले मानिसलाइ आर्थिक अपचल नगर्दा पकडा परिन्छ र त्यसपछिको कानूनी पचडा,जेल नेल, विगो र विगो पछिको उम्कनै नसकिने सजायले मान्छे अपराध गर्ने हिम्मत गर्दैन । तर, नेपालमा त्यो छैन,।एउटा निकाय छ अख्तियारदुरूपयोग आयोग भन्ने, त्यस्ले कमजोर र २/४ हजार खानेलाइ समातेर ७० करोड एकै पटकमा हजम गर्ने र टेलिभिजनमा खाऐं त खाऐं तेरो वावुको खाऐं भनेर निर्धक्क हिडने “हेप्नी” थेगो भएकालाइ खादा ओड्याएर मंचमा राखिन्छ ।
यो प्रसंड्ग किन निकालियो भनें, हामी यता अमेरिकामा कसैले आर्थिक अपराध गरेपछि पाएको सजाय देखे पछि ,हरें नेपालमा पनि यस्तो हुंदों हो त ! भन्ने कुरा झट्ट मनमा आइहाल्छ । भन्न त भन्ने तर भन्ने कस्लाइ ? आरजुकै विषयमा पनि अनेकौं कुरा सुनिन्छ ।
बालेन्द्रले चुनाव जिते पछि हामी नेपालीले आफ्नो सामर्थको अलिकति भए पनि पहिचान गऱ्यौं ।सवैलाइ सधैं मूर्ख वनाउन सकिंदैन भन्ने कुरा प्रष्ट्र भयो । अव हेरौं बालेन्द्रका विशेषताहरू । उन्का पिता सह-सचिवका साथै आयुर्वेदका सफल चिकित्सक पनि हुनुहुंदो रहेछ । देशमा भएका अनेकआर्थिक घोटालाहरूको विषयमा राती डिनर टेवुलमा परिवारले चिन्ता गर्दा हुन् । नाडी छाम्न खप्पीस वुवाका छोरा बालेन्द्रले पनि सानै उमेर देखि नेपाली भ्रष्ट्रहरूको नाडी छामी सकेका रैछन रआफ्नो योग्यता र इलमले यो मुलुकको हितमा केही गरौं भन्ने स्वभाविक चाहनालाइ वदलिंदो परिवर्तनमा विज्ञानले जन्माएको सामाजिक सुचना प्रवाहको सुलभताले आफ्नो कुरा जनता सामू पुऱ्याउन ऊन्लाई सजिलो भयो ।
ऊन्मा आफ्नो विषयको राम्रो ज्ञान रहेछ । तर्कलाइ तर्क गरेर हराऊनु भन्दा बैज्ञानिक प्रमाणका साथ उन्ले आफ्नो कुरा राखे । अरूलाइ गाली गरेर खर्चिने उर्जालाइ उन्ले आफ्नो कुरा सहज तरिकाले जनता मांझ राखेर मन जित्नमा खर्चे ।
त्यही कुरा रविन्द्र मिश्रले गर्न सकेनन् । मान्छे उनी पनि खुवी नभएका भनें होइनन् तर उन्ले वन्दुकअगाडि तिर सोध्याए तर बाघ पछाडि तिरबाट आएर झम्ट्यो ।
उनी पनि जनाधार वनाउन तिर लाग्नु पर्थ्यो । काठमाण्डूको अव्यवस्थित ट्राफिक र प्रदुषण र फोहर मैलाको कुरा गर्नु पर्थ्यो । तर रविन्द्रले केवल आफूलाइ असल भने, अरूलाइ वढी गाली गर्दै हिडे । जनता परिणाम चाहन्थ्यो । आलोचना कत्ति गर्नु हौ ! कुचो लिएर आफै सडक वढार्दै हिडंनु पर्थ्यो रविन्द्रले । अनि जनताले साथ दिन्थे । पहिले टोलको अनि वडाको अनि नगरको त्यसपछि मात्र राष्ट्रिय राजनीतिको कुरा गरेको भए रविन्द्को गोटी बस्थ्यो होला ।
अव कुरा गरौं रवि लामिछानेको । सुस्पष्ट वोली छ ,इमान्दार मन होला तर बालेन्द्रको जस्तो प्रविधिक ज्ञान खोई ? शिक्षा खोई ? भएको सिपले रवि लामिछानेलाइ पुग्दैन । गाह्रो छ ।
मैले सुरूमै भ्रष्टाचारको कुरा उठाऊंदा अमेरिकामा दण्डसंहिताको कुरा उठाएको थिएँ ।नेपालको मुख्य समस्या भनेको व्याप्त भ्रष्ट्राचार नै हो । नेपालमा पनि सवै भ्रष्ट्राचार गरेर आफ्नो दैनिकी चलाउन चांहदैनन् होला । तर परिस्थिति र बाध्यताको यस्तो माखेसाड्गलो छ कि मानिसलाइ उम्कनै दिंदैन ।
समाजमा विचित्रको प्रतिस्पर्धा छ, तँ धनी कि म धनी ? । तेरो पुच्छर लामो कि मेरो पुच्छर लामो खालको अप्राकृतिक प्रतिस्पर्धा । कुरा वुझाउन गाह्रो छ, । तर सकारात्मक कुरो चैं के छ भनें मानिस चलाखो भएका छन् ।
नेपाल लुटने २५/३० जाना भन्दा वढी छैनन् । ति भ्रष्ट्राचारका पथ प्रदर्शक हुन् । त्यसैलाइअपराधको भाषामा माफिया भनिन्छ ,!
यिन्को तार शितल निवास, वालुवाटार ,सिंहदरवार, पूल्चोक सवैतिर जोडिएको छ, त्यो तारको जालो काटने भनेको जनताले हो । तर, जनताले सवैलाइ पत्याउंदैनन् । विगत, वर्तमान्, अगाडि पछाडि सवैथोक हेरेर जांचेर पास गर्छन जनताले !
गगन थापाले कुनै जमानामा बाख्रापालनको रकम अपचलन गरेका रहेछन् ,अनुहार देख्यो कि यस्ले उसो गरेको थियो भनिहाल्छन् ।
हिसाव त मिल्यो होला ! तर दाग मेटिएन् ।
रविजी रविन्द्र मिश्रहरू सवै योग्य हुन् । तर जांचपास त हुनुपर्छ, जनताबाट ।
यताको होस कि उताको मान्छे उस्तै हुन् । यताका लाइ पकडेर सजाय हुने डर छ, हाम्रालाइ छैन !
जनतालाइ कुरा वुझाउन , मन जित्न फोहरवाट मोहर पैदा गर्ने प्रविधिको सुरूवात गर्नु पर्छ सवै नवआवन्तुकले ,फोहर चाहे सडकको होस कि राष्ट्रको ढुकुटीको !
यतावाट उता हेर्दा मैले जानेको कुरा त्यही हो !
राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरिका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया