विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायत सरकारले अमेरिकालाई सुपुर्दगीको लागि अनुमोदन गरेको छ ।
बेलायतको गृह सचिव प्रिती पटेलले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने आदेशमा हस्ताक्षर गरेकी छ ।
गत अप्रिलमा लन्डनको एक अदालतले औपचारिक सुपुर्दगी आदेश जारी गरेको थियो । तर पटेललाई वर्षौं लामो कानुनी झमेला झेल्नु परेको थियो भने अन्तत्वगत्वा उनलाई अमेरिकालाई सुपुर्दगी गर्ने कार्यमा सफलता मिलेको छ ।
असान्जसँग शुक्रबारको निर्णय अपिल गर्ने १४ दिनको अधिकार दिइएको बेलायती गृह बिभागको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।
कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बेलायतको अदालतले जुलियन असान्जको सुपुर्दगी उनको मानवअधिकारसँग मेल नखाने कुरा फेला नपरेको जनाएको छ।
“बेलायतको अदालतले असान्जलाई सुपुर्दगी गर्नु दमनकारी, अन्यायपूर्ण वा प्रक्रियाको दुरुपयोग भएको फेला पारेको छैन। र उनि अमेरिकामा हुँदा उनको स्वास्थ्यको सम्बन्धमा समेत उचित उपचार गरिनेछ, ” बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
असान्ज हाल लन्डनको उच्च सुरक्षाको बेलमार्श कारागारमा छन्, जहाँ उनलाई तीन वर्षअघि लन्डनस्थित इक्वेडरको दूतावासबाट बाहिर निकालिएपछि राखिएको थियो।
विकिलिक्सले २०१० मा हजारौं वर्गीकृत फाइलहरू र कूटनीतिक बिधुतिय सामग्रहरू प्रकाशित गरेपछि उनलाई अमेरिकाले १८ वटा आपराधिक आरोप लगाएको छ । यदि दोषी ठहरिएमा असान्जलाई १७५ वर्ष कैद सजाय हुनेछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया