म मात्र सही भएर नहुने रहेछ
भरोसाको एक धरोहर
मेरै लागि यमराज बनि किन आयो?
हजारौं शर माथि भीष्म पितामह झैं थिएँ
फेरि एक शर उसले किन समायो?
म अन्जान छु
व्यर्थै मलाई मृत्युु रोजाएर
ऊ किन रमायो?
दुर्भाव्य !
उ कहाँ टाढाको हो र?
मेरै नजिकैको,
आफ्नैबाट
बेकसुर चिथोरिएकी छु।
रगताम्मे शरीर घिसार्दै
अस्थिपञ्जर मात्र लिएर
ढल्न आँटेको दिनसँगै
दोसाँधमा उभिएकी छु।
बाँच्ने विकल्पहरु साँघुरिँदै छन्
त्यसैले त आज टोलाई रहेकी छु।
अडिएको छ जीवन
मसानघाटे बिसौनीमा
चीता माथि चढौं कि!
शून्यबाट जीवन शुरु गरौं
यहि प्रश्न मनमा खेलाई रहेकी छु।
-✍️हीमा सनातनी
प्रतिक्रिया