इरपिन रूसी युद्धको “अकल्पनीय क्रूरता” को प्रतीक हो : जर्मनी चान्सलर

इनेप्लिज २०७९ असार २ गते १६:५७ मा प्रकाशित

अप्रत्सासित रुपले युक्रेनको किभमा पुगेका जर्मनीका चान्सलरले  इरपिन रुसी युद्धको “अकल्पनीय क्रूरता” को प्रतीक हो । उन्ले उक्त टिप्पणी इरपिनको  भ्रमण पछि भनेका हुन ।

युक्रेनको इरपिन र बुचा “रूसी युद्धको अकल्पनीय क्रूरताको प्रतीक बनेका छन्,” जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार कीभ बाहिरको इरपिनको भ्रमण पछि उक्त कुरा वयक्त गरे ।

“यस शहरमा भएको क्रूर विनाश एउटा स्मारक हो – यो युद्ध समाप्त हुनै पर्छ,” स्कोल्जले सामाजिक सॅजाल ट्वीटमा माग गरे।

कीभ भ्रमणमा रहेका रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले ट्विट गर्दै रोमानियाले “सबै रुसी अपराधीहरूलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायद्वारा जिम्मेवार ठहराओस्” भनि प्रकाशन गरेका छन ।

“आज इरपिनमा हामीले देखेको अकल्पनीय मानवीय त्रासदी र भयानक विनाशहरू वर्णन गर्न कुनै शब्दहरू छैनन्,” इओहानिसले लेखे।

इटालीका प्रधानमन्त्री मारियो द्राघीले बिहीबार युक्रेनको युद्धग्रस्त सहर इरपिनको भ्रमण गरेपछि “सबै कुरा पुनर्निर्माण” गर्ने वाचा गरेका छन्।

हामी सबै कुरा पुनर्निर्माण गर्नेछौं। सबै पुनर्निर्माण हुनेछ ,द्राघीले भने ।

कीभ उपनगरको भ्रमणको क्रममा स्थानीयहरूले उनिसॅग “पुनर्निर्माणको बारेमा कुरा गरे।

रुसको आक्रमण सुरु भएयता स्कोल्जको युक्रेनको यो पहिलो यात्रा हो ।

प्रतिक्रिया