प्रदेश नं १ को बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि दर हासिल हुने विश्वास

मोहम्मद सदरुल÷ मनोज दाहाल २०७९ असार १ गते २१:५८ मा प्रकाशित

विराटनगर, १ असार(रासस): प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक बृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ ।

प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माणको आधारशीला निर्माण गर्न सामाजिक न्याय सहितको बहुआयामिक विकासलाई तीव्र रुपमा अघि बजेटमा छ ।

प्रदेश निर्माण क्षेत्रले क्रमशः गति लिदै गएको र उर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोको आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान बजेटमा छ ।

चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन रु. सात खर्ब ६३ अर्ब रहने अनुमान गरेको बजेटमा प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको चार दशमलव ३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा पाँच दशमलव ४१ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्ष सहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहेको बजेटमा जनाइएकोा छ ।

कोरोना महामारीका कारण विगतदेखि रोकिएको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम आगामी आर्थिक वर्षका लागि बजेटमा रु ९० करोड विनियोजन हुनुबाट प्रदेश सभा सदस्यहरु उत्साहित देखिएका छन् ।

सुशासन, क्षमता विकास र सेवाको प्रभावकारितामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेशमा कार्यरत कर्मचारीहरुलाई काम प्रति उत्प्रेरित र जवाफदेही बनाउन प्रोत्साहन स्वरुप एकमुष्ठ एक महिनाको शुरु तलव स्केल बराबरको रकम प्रदान गर्ने व्यवस्था बजेटमा समावेश भएकाले कर्मचारीहरु पनि खुशी प्रकट गरेका छन् ।

बजेटमा कृषि क्षेत्रको रुपमान्तरण, व्यवसायीकरण र विविधीकरणका लागि रु दुई अर्ब ५९ करोड २३ लाख विनियोजन गरेको छ ।

उद्योग तथा वाणिज्यतर्फ लघु, घरेलु तथा साना उद्यमीलाई आफ्नो उद्यमको क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने पुँजी, प्रविधि र सूचनामा सहज पहुँच पुर्याउन विकास साझेदारसँगको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने,प्रदेश भित्र बाँस खेती प्रवद्र्धन गरी कृषकको आय आर्जन वृद्धि गर्न सरकोकारवालासँगको सहकार्यमा बेम्बो फेसिलिटी सेन्टर स्थापनाका लागि सहयोग गर्न बजेट रु तीन करोड, उद्योग, वाणिज्य,श्रम तथा रोजगार क्षेत्रका लागि रु ४६ करोड ८८ लाख, सडक पूर्वाधार तथा शहरी विकासका लागि रु १२ अर्ब ४१ करोड ८२ लाख, सिँचाई, नदी व्यवस्थापन तथा खानेपानी र उर्जाका लागि रु छ अर्ब दुई करोड ५६ लाख सार्वजनिक बजेटमा विनियोजन भएको छ ।

यातायात सेवा सवारी व्यवस्थापन यातायात प्रणालीलाई सुक्षित, विश्वसनीय एवं प्रविधियुक्त बनाई सेवालाई सहज र सर्वसुलभ बनाउन , यातायात कार्यालयहरुले प्रवाह गर्ने सेवालाई व्यवस्थित, मर्याखिदत, सुरक्षित, सुविधायुक्त र अपाङ्ग मैत्री बनाउन विर्तामोड विराटनगर, उदयपुर, धनकुटा र ओखलढुङ्गा जिल्लाका यातायात कार्यालयको भवन निर्मिाण शुरु गर्नको लागि आवश्यक बजेटको व्ययवस्था गरिएको छ ।

विराटनगर, धरान , इटहरी, दमक, विर्तामोड र काँकडभिट्टा लगायतका मुख्य चोकहरुमा ट्राफिक लाईट जडान गर्न रु एक करोड २५ लाख विनियोजन गर्नुका साथै शहर सौन्दर्यकरण र दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले प्रदेशका ठूला शहरहरुमा पार्किङ स्थल तथा बस पार्कलाई व्यवस्थित गरिने भएको छ ।

यातायात सेवा, सवारी व्यवस्थापन, सूचना प्रविधि तथा सञ्चार क्षेत्रका लागि रु ३० करोड ५० लाख, स्वास्थ्य सेवाका लागि रु तीन अर्ब ६७ करोड ७७ लाख विनियोजन भएको छ ।

सामाजिक विकासतर्फ मनोमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेशको गौरवको शैक्षिक संस्थाको रुपमा विकास गर्न इन्जिनियरिङ र स्वास्थ्य विषयको स्नातक तहको अध्ययन प्रभावकारी बनाउन रु १७ करोड विनियोजना गरेको छ ।

प्रादेशिक चिकित्साशास्त्र अध्ययन प्रतिष्पठान स्थापना गर्न विस्तृत संभाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

उच्च शिक्षामा लगानी अभिवृद्धि गरी गुणस्तरीय रोजगारमुलक शिक्षाको सुनिश्चितताको लागि सामुदायिक क्याम्पस सुदृढीकरण गर्न पूँजीगत एवं सञ्चालन अनुदानका लागि रु १० करोड ४५ लाख विनियोजन गरेको छ ।

शिक्षाको गुणस्तरलाई प्रारम्भिक तहदेखि नै मजबुत बनाउँदै लैजान स्थानीय तहसँगको साझेदारीमा प्रदेश स्तरीय नमुना माध्यमिक विद्यालय र बालमैत्री आधारभूत विद्यालय विकास, व्यवस्थापन र सञ्चालन गर्ने कार्यका लागि रु नौ करोड २५ लाख, अपाङ्गता रोकथाम तथा पुनःस्र्थापना कार्यक्रमका लागि रु १३ करोड, सामाजिक क्षेत्रका लागि कुल रु २५ करोड, पर्र्यटनतर्फ मुसाफिरखाना र सन्सारीमाईको निर्माण कार्य सम्पत्र गर्नका साथै सिलौटी लब्रेकुट्टी र कोशी मत्स्यगन्धा, फनी पार्कको पूर्वाधार निर्माणका लागि रु १८ करोड बजेट विनियोजन भएको छ ।

पर्यटन तथा संस्कृतिका लागि रु एक अर्व १३ करोड९८ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका लागि रु २५ कराड ६१ लाख, वन, वातावरण, बन्यजन्तु तथा जैविक विविधता संरक्षण र भू तथा जलाधार व्यवस्थापनको क्षेत्रमा रु एक अर्व ८२ करोड ३० लाख, शान्ति सुरक्षामा भवन निर्माण तथा मर्मत सुदृढीकरणका लागि रु २१ करोड १० लाख प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको छ ।

प्रदेशको समग्र विपद् व्यवस्थापनका लागि रु १४ करोड ८० लाख, शान्ति सुरक्षा , विपद् व्यवस्थापन र कानूनी शासन तथा मानव अधिकारका लागि रु ५७ करोड तथा सुशासन, क्षमता विकास र सेवाको प्रभावकारिताका लागि रु ९० करोड बजेटमा व्यवस्था हुनुले आगामी वर्षको बजेट समग्रमा राम्रो रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
प्रस्तुत बजेटको विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले तुलनात्मक रुपमा बजेट राम्रो रहेको प्रक्रिया दिनुभयो ।

नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले बजेट यथार्तपरक नभएको र केही दिन खोजे पनि पाउन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश उपाध्यक्ष राजेन्द्रकुमार राउतले बजेटमा कृषिको बजारीकरण, ब्याजमा अनुदान, निजी क्षेत्रको प्रर्दशनी स्थल लगायत शिक्षा, स्वास्थ्य र पर्यटन जस्तै अन्य क्षेत्र पनि समेटिएकोले समग्र रुपमा बजेट राम्रो छ भन्नुभयो ।

प्रतिक्रिया