रुसद्वारा नेटोले आपूर्ति गर्ने हतियारको गोदाम ध्वस्त गरेको दाबी

इनेप्लिज २०७९ असार १ गते ११:३५ मा प्रकाशित

रुसले नेटोले आपूर्ति गर्ने हतियारको गोदाम ध्वस्त गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार पश्चिमी युक्रेनी लुभ्यु क्षेत्रमा नेटो राष्ट्रहरूले उपलब्ध गराएको हतियारको गोदाम ध्वस्त गरेको बताएको छ।

“जोलोचेभ, लुभ्यु क्षेत्र नजिकैको उच्च लामो दूरीको क्षेप्यास्त्रहरूले १५५ एमएम ७७७ होविट्जर(तोप )हरू सहित नेटो देशहरूद्वारा युक्रेनलाई हस्तान्तरण गरिएका विदेशी हतियारहरूको गोदामलाई नष्ट गरेको छ,” रुसी सरकारी संचार माध्यमले बताएको छ ।

सिएनएनले यी दावीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भनि समाचारमा उल्लेख गरेको छ ।

युक्रेनी अधिकारीहरूले गत मंगलबार तिनीहरूको वायु रक्षा प्रणालीले लुभ्यु र टेर्नोपिलमा रूसी क्षेप्यास्त्र खसालेको जनाएको छ । तर केही रूसी आक्रमणहरू सफल भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया