जोखिम मोलेर भएपनि विपद् व्यवस्थापन गर्न –प्रजिअको निर्देशन

मोहम्मद सदरुल २०७९ जेठ ३१ गते २२:३६ मा प्रकाशित

मोहम्मद सदरुल ,विराटनगर, ३१ जेठ(रासस): विपद् व्यवस्थापनमा जोखिम उठाएर भएपनि प्रतिकार्य गर्न प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ ।
मोरब जिल्लामा आज विपद् व्यवस्थापन सम्बन्धीको छफलमा उहाँले सो निर्देसन दिनुभएको हो ।

विगतको अभ्यासहरुबाट पाठ सिकेर अब शुरु हुने मनसुन र त्यसबाट हुन सक्ने जोखिमहरु लाई नियन्त्रण एवं न्यूनीकरण गर्न सम्बन्धित कार्यालयहरुले समयमै काम गर्नु पर्ने कुरामा जोड दिँदै प्रजिअ दाहालले अहिले सुख्खा मौसममा काम नगर्ने र बाढी आएपछि अनेक बहाना देखाउने काम नगर्न पनि उहाँले स्पष्ट पार्नुभयो ।

आफ्नो जिम्मेवारीको काम नगरेर जनतालाई दुःख दिने काम राष्ट्रसेवक कर्मचारी सुहाउँदो नहुने धारणा राख्दै प्रजिअ दाहालले जिल्लामा तत्काल देखिएका समस्यामा गम्भीर हुनु सम्बन्धित निकायलाई चेतावनी पनि दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले जिल्ला विपद्को षबाट चालु आर्थिक वर्षमा रु.३९ लाख ७५ हजार खर्च भएरपनि अहिले रु.एक करोड २२ लाख ९६ हजार मौज्दात रहेको प्रष्ट पार्दै गएको कातिकमा आएको बाढीबाट किसानको बाली रु.५६ करोड ८७ लाख बराबरको क्षति भएको जानकारी दिनुभयो ।

मोरंग पहाडी क्षेत्रमा पहिरो तराईमा डुबान एवं कटानको विकारल समस्या रहेको अवस्थामा कुनै जनधनको क्षति हुन नदिन तथा त्यस्तो भएमा राहत सङ्कलन, वितरणमा पनि विशेष ध्यान दिन स्थानीय पालिका प्रमुखहरुलाई बैठकमा आग्रह गरिएको छ ।

कार्यक्रममा मोरबकै १७ वटै पालिकाका प्रमुखहरु, उपप्रमुखहरु, प्रहरी प्रमुख, सरोकारवालका कार्यालयका प्रमुखहरु एवं सञ्चारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया