आगामी कात्तिक महिनामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने– नेकां केस गच्छदार

इनेप्लिज २०७९ जेठ ३१ गते २२:२७ मा प्रकाशित

 

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिजयकुमार गच्छदारले आगामी कात्तिक महिनामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले निर्वाचन हुने कुरामा शङ्का उपशङ्का नगर्न सबैसँग आग्रह गर्नु भयो ।

नेता गच्छदारले आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म वर्तमान गठबन्धन अझ आवश्यक रहेकोले यो कायम हुने प्रष्ट पार्नु भयो ।

केन्द्रीय सदस्य गच्छदारले आगामी निर्वाचनमा गठबन्धनमा रहेको नेका ठूलो दल भए अनुसार धेरै स्थान प्राप्त गर्नुपर्नेमा जोड दिदै अन्य दलहरुलाई सम्मानजनक सिट उपलव्ध गराउने विचार व्यक्त्त गर्नु भयो ।

उहाँले मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा गर्न र राजनीतिक उपलव्धिलाई संस्थागत गर्न वर्तमान पाँच दलीय गठबन्धन आवश्यक रहेको जोड दिनु भयो ।

नेता गच्छदारले गठबन्धनको कारण मुलुकको संविधान सही दिशातर्फ गएको र राजनीतिक दलहरुले मुलुकको राजनीतिकलाई स्थिरतातर्फ लगेको विचार व्यक्त्त गर्नु भयो ।

उहाँले संसदको रक्षा गर्दै ,संसदीय व्यवस्थालाई अझ वलियो बनाउँदै र सङ्घीय गणतन्त्रलाई मजवुत गराउन गठबन्धनको ठूलो भूमिका रहेको धारणा राख्नु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएको नेता गच्छदारले स्थानीय तह निर्वाचनमा सीमित पद र आकांक्षी धेरै भएकोले सबै पार्टीमा अन्तरघात भएको चर्चागर्दै यस सम्वन्धमा पार्टीले स्थानीय समितिको माग अनुसार कारवाही हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया