आफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने मुल मन्त्र लिएको प्रकृति प्रेमी समुह, सातदोवाटो, ललितपुरले निरोग आनन्दधाम, दलचोकीमा आयोजना गरेको ७ दिने साँचों ध्यान शिविरमा सहभागि हुने अवसर पाईयो । गत जेष्ठ १४-२१, २०७९ सम्म भएको उक्त आवासिय शिविरमा मैले सिकेर बुझ्न सकेका केही कुराहरु तपाई माझँ साझा गर्ने प्रयास गर्दैछु ।
१- साँचों ध्यान के हो ?
विचारमा स्पष्टता हासिल गर्न एकाग्र भएर चिन्तन मनन गर्नु नै ध्यान हो । ध्यान गरेको वेला विभिन्न विचारहरु मन मस्तिष्कका खेलिरहेको हुन्छ । त्यस्तो अवस्थामा ति विचारहरु मध्ये आफ्नो शरिरको लागी कुन उपयुक्त छ भन्ने कुरामा चिन्तन गरि आफ्नो शरिरको आवश्यकता बमोजिम चलाउन र चल्न सक्ने विचारलाई निर्क्यौल गरि दैनिक जीवनमा लागु गराउन सही विचारको चयन गरि निष्कर्षमा पुग्न सक्नु नै साँचो ध्यान हो ।
२- आहार, विहार र विचार भनेको के हो?
i] आहार : हामी अधिँकाश मानिसको समस्या भनेकै हाम्रो शरिरलाई चाहिने आहार के के हुन र ति के कति मात्रामा र कसरी ग्रहण गर्नु पर्छ भन्ने स्पष्ट जानकारी राख्न नसक्नु नै हो। फलस्वरूप हामी विभिन्न स्वास्थ्य समस्यावाट ग्रसित हुन्छौ । हाम्रो चिकित्सा प्रणालीको सही सुचना हामी सम्म पुग्न नसक्नु वा हामीले ग्रहण गर्न ईच्छा नराख्नुको कारण हामी रोगको शिकार भएका हुन्छौ ।यस्तो अवस्थामा आहारका केही मापदण्डहरु छन् जस्लाई हामीले पालना गर्यौ भने हामी रोगी भएर दवाई खानु पर्ने अवस्थामा नै पुग्नु पर्दैन ।
त्यसो भए आहार कस्तो हुनु पर्दछ त भन्ने प्रश्न उठदछ ।
क) हामीले दैनिक खाने खानामा मुख्य त ३ वटा वर्ग हुन्छ । अन्न, तरकारी र सलाद/फलफुल । यी तीन वर्गमा एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद मात्रा मिलाएर खानु पर्दछ ।
ख) दिनमा बढीमा ३ पटक भन्दा बढी खानु हुदैन । प्रप्तेक खानाको बिचमा कम्तिमा ४ घन्टाको अन्तर राख्नु पर्दछ ।
ग) बिहान उठने वित्तिकै कम्तिमा ३/४ ग्लास र राती सुत्नु अगाडी एक ग्लास मनतातो पानी पिउनु पर्दछ ।खानासंग र खानु भन्दा १ घन्टा अगाडी पछाडी सम्म पानी पिउनु हुदैन । साथै हरेक घन्टाको अन्तरालमा पनि पानी पिईरहनु पर्दछ ।
घ) खाना खाँदा सके सम्म प्रप्तेक वर्गको खानालाई अलग-अलग नै खाने गर्नु पर्दछ । खाना मुछेर खानु हुदैन । खानालाई चपाई चपाई मुखको र्याल ग्रन्थीवाट आएको र्यालसंग झोल वनाएर मात्र निल्नु पर्दछ । यसो गर्दा खाना सजिलै संग पच्न गई अपच हुने अवस्था रहदैन ।
ङ) खाना विहानको सुर्योदय पछि र साझँको सुर्यास्थ अगाडी नै खाई सक्नु पर्छ । यसो गर्दा हामीले खाएका खानाहरु करिव १४/१५ घन्टा सम्म पाचन प्रणालीमा राम्रो संग समाहित हुन सक्छन् जस्ले हाम्रो पाचन प्रणालीलाई गतिशिल बनाई हामीलाई स्वस्थ्य रहन सहयोग पुग्छ ।
च) हाम्रो खानामा माछा, मासु, दुध र मैदावाट बनेका प्रशोधित वा अप्रशोधित वस्तु, गेडा गुडी,दाल, अमिलो, चिसो र चिल्लोको मात्रा नराख्दा उति उत्तम हुन्छ । किनकी यी चिजहरुलाई हाम्रो प्रणालीले सजिलै पचाउन कठिन महशुस गर्दछ । राख्दा पनि अति कम मात्रामा मात्र प्रयोग गर्नु पर्दछ ।
छ) दाल तथा गेडागुडीको हकमा एक पटकको खानामा पाकेको १०० ग्राम भन्दा वढी खानु हुदैन । त्यसवाट प्राप्त हुने प्रोटीन हाम्रो शरिरको लागी पर्याप्त हुन्छ ।
ज) एक जना व्यक्तिको लागी २४ घन्टामा सम्पुर्ण खानाहरुमा २.५ ग्राम भन्दा बढी नुन प्रयोग गर्नु हुदैन ।
ii] विहार: हाम्रो शरिरलाई स्वस्थ्य राख्न आहारको साथ साथै गतिशिल पनि बनाई राख्नु पर्दछ । शरिरलाई गतिशिल बनाई राख्न गरिने विभिन्न क्रियाहरु नै विहार हो । जस्तो की ;
क) सुत्दा, उठता र बस्ता मेरुदण्डलाई सहज र सिधा राख्नु पर्दछ ।
ख) आराम र परिश्रम बिच सन्तुलन कायम गर्नु पर्दछ । अर्थात आराम पछि परिश्रम र परिश्रम पछि आराम अनिर्वाय रुपमा गर्नु पर्दछ ।
ग) कम्तिमा ५ देखि ७ घन्टा सुत्ने समय निश्चित गर्नु पर्दछ भने नियमित रुपमा शरिरका सबै अँगहरुको क्रिया हुन सक्ने व्यायाम,योग र साँझ बिहान केही समय हिडडुल गर्नु पर्दछ ।
घ) बेला बेला शरिरवाट उत्पन्न हुने कुनै पनि बेगहरुलाई रोक्ने प्रयास गर्नु हुदैन भने शरिरको क्षमता भन्दा कुनै पनि कार्य अति गर्नु हुदैन ।
ङ) समय समयमा बहुदिने पदयात्रा र यात्रामा जानु पर्छ । जस्ले नयाँ कुरा बुझ्ने र बुझाउने अवसर श्रृजना गर्दछ ।
च) आत्मज्ञान बढाउन र परिपक्वता हासिल गर्न नयाँ नयाँ कुराको अध्ययन र चिन्तन गरिरहनु पर्दछ ।
iii] बिचार : हाम्रो शरिरको स्वस्थ्यताको लागी आहार र विहार भन्दा पनि महत्वपुर्ण भुमिका विचारले गरेको हुन्छ । उचित विचारले मात्र हाम्रो शरिरको आवश्यकता अनुसारको आहार र विहार गर्न निर्देशित गरेको हुन्छ । अनुचित विचारहरुले हाम्रो सम्पुर्ण गतिविधीहरुलाई गलत बाटोमा डोर्याएको हुन्छ ।त्यसैले शारिरिक र मानसिक स्वस्थ्यताका लागी उचित विचार अति आवश्यक हुन्छ । त्यसो भए उचित विचार भनेको के हो त ?
क) सबै प्रति समभाव, आदर र गुनी हुने र भलो चिताउने ।
ख) आज म जे छु त्यो परिवार, समाज र राज्यको बदौलत हुन सकेको हुँ भन्ने कुरा मनन गरि ती प्रति सदैव कृतज्ञ र रिणी रहने ।
ग) कसै प्रति कुभलो नचिताउने , बेईमान, निघृणी र ईर्ष्या नगर्ने ।
घ ) कुनै पनि बिषयमा आफ्नो निज मत नराख्ने, मन पर्ने र मन नपर्ने भाववाट कुनै कुरा नगर्ने ।
ङ) पडेको सुनेको र जानेको कुरालाई आफुमा प्रयोग गरेर हेर्ने अनी मात्र त्यस कुरामा सत्यता रहे नरहेको निर्क्यौल गर्ने ।
यसरी साँचो ध्यानवाट विचारमा परिपक्कता ल्याई उचित विचारलाई आत्मसात गर्न सक्दा आहार र विहारमा उपयुक्त निर्णय लिन सकिन्छ । जस्ले गर्दा हामी रोग लाग्न वाटै सुरक्षित रहन सक्छौ अनी रोगवाट थलिएर लामो समय औषधी सेवन र अस्पतालहरुको चक्कर लगाउनु पर्ने कार्यवाट मुक्त हुनेछौ ।
३- रोग के हो ? रोग किन लाग्छ त ?
हामीले गर्ने आहार, विहार र विचारमा स्पष्टता नहुदाँ र प्रकृयागत त्रुटीहरु बारम्बार दोहरि रहँदा शरिरको पाचन प्रणालीले त्यसलाई सहज रुपमा ग्रहण गर्न सक्दैन । फलस्वरुप पाचन प्रणालीको नियमित संचालन प्रकृयामा समस्या पैदा हुन जान्छ जस्ले हामीलाई रोगी बनाउँदछ ।
मुख्य त रोग तीन प्रकारका हुन्छन् ।तिव्र रोग, जीर्ण दिर्घ रोग र घातक रोग ।
i] तिव्र रोग अन्तर्गत पखाला, बान्ता, रुघा, घाउ खटिरा र ज्वरो प्रमुख हुन । यी रोग कसरी लाग्छन त?
क) पखाला : हामीले खाएको खाना पेटको तल्लो भागमा रहेको ठुलो आन्द्रामा पुगेर मलव्दारवाट नियमित प्रकृयावाट बिसर्जन हुन सकेन भने त्यो खाना त्यही कुहिन थाल्दछ यसरी कुहिन थाले पछि पखाला लाग्दछ । यस्तो अवस्थामा पखाला ठिक नभए सम्म झोल कुरा बाहेक केही खानु हुदैन ।
ख) बान्ता : पेटको माथिल्लो भागमा रहेको सानो आन्द्रामा पुगेको खाना पाचन प्रणालीले पचाउन सकेन भने त्यो कुहिन थाल्दछ । यसरी कुहिन थाले पछि बान्ताको रुपमा त्यस्तो फोहर बाहिर निस्कन्छ । बान्ता भएको वेलामा कुनै पनि प्रकारको ठोस वा तरल खाना खानु हुदैन ।बान्ताको सम्भावना नटरे सम्म अली अली गरेर मनतातो पानी मात्र लिईरहनु पर्दछ ।
ग) रुघा : पखाला र बान्तावाट पेटमा कुहिएको खाना बिसर्जन हुन नसक्दा रुघा लाग्छ । रुघा लागेको वेलामा घाटी, निधार र छातीमा चिसो हुन दिनु हुदैन ।
घ) ज्वरो : पखाला, बान्ता र रुघाको माध्यवाट पेट भित्रको कुहिएको फोहोर बिसर्जन हुन सकेन भने त्यस्तो अवस्थामा उक्त फोहोर पेट भित्र नै ज्लन थाल्दछ । यसरी जल्दा मानिसलाई ज्वरो आउँदछ । ज्वरो आएको वेलामा पुर्ण उपवास बस्नु पर्दछ । केवल घन्टा घन्टामा थोरै मनतातो पानी मात्र लिईरहनु पर्छ । यसो गर्दा ज्वरो १०३ भन्दा माथी जादैन । कुनै कारणले १०३ भन्दा माथी गएमा मात्र निधारमा पानीपट्टी लगाउनु पर्छ ।
नोट: तर हेपेटाईटिस र क्षयरोग भएको वेला ज्वरो आएमा भने भोको बस्नु हुदैन ।यस्तो बेला साधा खाना र तरकारी पेटभरी खानु पर्दछ ।
ङ) घाउ खटिरा : माथीका चारै अवस्थावाट पनि पेट भित्रको फोहोर बिर्सजन हुन नसक्दा शरिरमा घाउ खटिरा आउन सक्दछ । यस्तो अवस्थामा नुन नखाने । भिन्डी तथा मुमफली जस्ता खाना खादाँ फाईदा हुन्छ ।
ii] जीर्ण दिर्घ रोग : तिव्र रोगहरुलाई उचित आहार र विहारवाट नियन्त्रण गर्न सकियो भने जीर्ण दिर्घ रोगको अवस्थामा पुग्नु नै पर्दैन् । जिर्णदिर्धरोगमा मोटोपन, दम, वाथ, मधुमेह, प्रेसर, मुटुरोग पर्दछन् ।
iii] घातक रोग : माथी उल्लेख नभएको अन्य सबै रोगहरु घातक रोगमा पर्दछन् । जीर्ण दिर्घ रोगलाई बेलैमा नियन्त्रण गर्न सक्दा घातक रोग लाग्न बाट बच्न सकिन्छ ।
यसरी प्रकृति प्रेमी समुहले आयोजना गरेको शिविरले हाम्रो स्वास्थ्य प्रणालीलाई गतिशिल बनाउन सिकाएका कुराहरु मध्ये केही कुराहरुलाई यहां उल्लेख गर्ने प्रयास गरेकोछु ।
यसका अतिरिक्त प्रकृति प्रेमी समुहको बार्षिक वा आजिवन सदस्यता लिएर आहार, विहार र विचार सम्बन्धी सल्लाह निशुल्क प्राप्त गर्न सकिनेछ। यस बाहेक उक्त समुहले बर्षै भरी संचालन गरिरहने एक दिने, सात दिने र महिना दिने शिविरहरुमा सामान्य शुल्क तिरेर सहभागी हुन सकिनेछ ।
प्रत्येक महीनाको दोश्रो र चौथो शनिवार आयोजना हुने एक दिने पदयात्रा र बर्षमा १/२ पटक संचालन हुने बहुदिने पदयात्रामा पनि सामान्य शुल्क तिरेर सहभागि हुन सकिन्छ । त्यसका लागी प्रकृति प्रेमी समुहको सातदोवाटो, ललितपुरमा रहेको कार्यलयमा गई वा फोन नं. 015541991 मा फोन गरि सदस्यता र
स्वस्थ्य सल्लाह सम्बन्धी सम्पुर्ण सूचना प्राप्त गर्न सकिने छ ।
प्रतिक्रिया