मोरङ जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि दुई लाख नागरिकको विवरण सङ्कलन

इनेप्लिज २०७९ जेठ ३० गते २३:२३ मा प्रकाशित

विराटनगर,३० जेठ । नेपाल सरकारले राष्ट्रिय अभियानको रुपमा ल्याएको ‘राष्ट्रिय परिचय पत्र’ विवरण सङ्कलन कार्य मोरङको मिक्लाजुङ गाउँपालिकामा आज देखि प्रारम्भ गरिएको छ ।

उक्त गाउँपालिकामा रहेको नौ वटा वडामा मध्ये प्रत्येक वडामा चारवटा स्टेसन राखेर आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण सङ्कलन अभियानको शुभारम्भ गर्दै सरकारले शुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सबैलाई सेवा लिनुपर्नेमा जोड दिनु भयो ।

उहाँले सरकारले दिने सबै प्रकारका सेबा यस परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र वनाउन आग्रह गर्नुभयो ।

मोरङको १७ पालिका मध्ये सातवटा पालिकामा परिचयपत्रका लागी विवरण सङ्कलनको काम सम्पन्न भइसकेको छ ।

जिल्ला प्रसासन कार्यालय मोरङमा चारवटा स्टेसन राखेर विवरण सङकलन गर्ने काम भइरहेको छ ।

गत असोज ४ गतेवाट मोरङमा शुरु भएको सो अभियानमा अहिले सम्म दुई लाखभन्दा नागरिकको विवरण सङ्क्रलन गर्ने काम भई सकेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनु भयो ।

परिचयपत्र वनाउनका लागी जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लाामा वनाउदा वसाई सराईको कागजपत्र पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनु भयो ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष वविकुमार राईले घरआँगनमा आएको सेवालाई उपयोग गरि अभियान सफल वनाउन नागरिकसँग आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया