पूर्वी युक्रेनमा पृथकतावादी तथाकथित डोनेट्स्क पिपुल्स रिपब्लिक (डीपीआर) का नेताले सोमबार सेभेरोडोनेस्कमा युक्रेनी सेनाहरूले आत्मसमर्पण गर्नुपर्छ वा मृत्युको सामना गर्नु पर्ने बताए ।
“उनीहरूसँग दुईवटा विकल्प छन्: या त आफ्ना सहकर्मीहरूको उदाहरण पछ्याउनु पर्छ र हार मान्नु पर्छ या मर्नु पर्छ ,” डीपीआर विभागका उपप्रमुख एडुआर्ड बासुरिनले रुसी सरकारी संचार माध्यमलाइ भने ।
“उनीहरूसँग अर्को विकल्प छैन,” उनले अगाडी भने ।
गत सोमबार लुहान्स्क क्षेत्रका सैन्य प्रशासनका प्रमुख सेर्ही हेडेले युक्रेनले अझै पनि शहरबाट केही मानिसहरूलाई बाहिर निकाल्ने प्रबन्ध गरिरहेको बताए ।
प्रतिक्रिया