युक्रेनको मेरिउपोल प्रवेशद्वारमा रूसी झण्डाहरू देखिएका छन् ।
युक्रेनको नीलो र सुन रङ्गमा रहेको स्मारकलाई प्रतिस्थापन गर्दै रूसी झण्डा गाडिएका छन् । रुसका झन्डा सहित नयाँ शहरको चिन्ह सहित मेरिउपोलको बाहिरी भागमा अनावरण गरिएको छ ।
मस्को समर्थित सेनाको नियन्त्रणमा रहेको बन्दरगाह शहरको राजमार्गमा पनि रुसी झण्डा फहराइएको छ ।
क्रेमलिन-स्थापित अधिकारीहरूका अनुसार बन्दरगाह अब सामान्य रूपमा सञ्चालनको लागि तयार बताएका छन् । र ,रुसबाट सामानहरू ढुवानी गर्न प्रयोग भइरहेको जनाएका छन् ।
प्रतिक्रिया