युक्रेनको मेरीउपोल शहरको एजोभस्टल कारखानामा रुसी घेराबन्दीमा मारिएका दशौं युक्रेनी लडाकुहरूको शव अझै पनि त्यहाँ रहेको र पुन: प्राप्तिको लागि पर्खिरहेको राष्ट्रिय सुरक्षा बाहिनीका पूर्व सेनापतिले बताए ।
पूर्व सेनापति म्याक्सिम झोरिनका अनुसार हालसालै भएका आदानप्रदानका शर्तहरू अन्तर्गत एजोभस्टलमा मारिएकाहरू मध्ये लगभग २२० शवहरू कीभ पठाइएको थियो ।
तर “जस्तै धेरै शव अझै पनि मेरिउपोलमा छन्”। मृतकमध्ये एक तिहाइ एजोभ गुल्मका थिए भने अन्य सीमा गस्ती, नौसेना र प्रहरीहरु थिए।
“सबै शवहरू घर फर्काउन थप आदानप्रदानको बारेमा वार्ता जारी छ,” झोरिनले सामाजिक संजालमा प्रकाशन गरिएको अङ्किय दृश्य(भिडियो)मा बताए।
प्रतिक्रिया