रुसमा म्याकडोनाल्ड्सको नाम परिवर्तन गरि अर्को नयाँ नाममा व्यवसाय संचालनमा

इनेप्लिज २०७९ जेठ २९ गते ११:५७ मा प्रकाशित

रुसमा म्याकडोनाल्ड्सले आफ्नो कारोवार हटाए पछि त्यसको सट्टा अर्को नयाँ नाममा व्यवसाय संचालन सुरु गरेको छ ।

म्याकडोनाल्डका चमेनागृहहरूले नयाँ रूसी स्वामित्वमा र नयाँ नाम भिकस्नो एण्ड टोच्का नामले नया ब्यापार प्रारम्भ गरेका छन् । जुन १२ आइतबार देखि नाम परिवर्तन गरि व्यापार प्रारम्भ गरेका छन् ।

उक्त चमेनागृहका संचालक अलेक्ज्याण्डर गोभरले पहिलो ग्राहकहरूलाई प्रवेश दिनु अघि मध्य मस्कोमा रहेको म्याकडोनाल्डको प्रमुख चमेनागृहमा फित्ता काट्ने समारोहमा भाग लिएका थिए । फित्ता काटे पछि कर्मचारीहरुले ताली बजाएर स्वागत गरेका थिए।

भिकस्नो एण्ड टोच्काका प्रमुख कार्यकारी ओलेग पारोएभले जुनको अन्त्यसम्म रुसमा २०० वटा र ग्रीष्मकालिन समयको अन्त्य सम्म सबै ८५० वटा चमेनागृह खोल्ने योजना बनाएको बताए ।

म्याकडोनाल्ड्सले मार्च १४ मा रूसमा आफ्ना सबै कारोवारहरू बन्द गर्‍यो र मे को मध्यमा बजार छोड्ने निर्णय गरेको थियो।

प्रतिक्रिया