पलको ताजा सन्देश आयो ! पल जेल भित्र के गर्दै छन ? गोप्य तयारी गर्दै छन ? भाबुक सन्देश सुनाए साथीले

इनेप्लिज २०७९ जेठ २८ गते १०:५२ मा प्रकाशित

जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा गरेको पुनरावेदनमा उनका कानुन व्यवसायीले पीडित नाबालिगको बकपत्र सुनाएपनि न्यायाधीशले बेवास्ता गरेको पाइएको छ ।

उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत तनहुँ र पूर्वीनवलपरासीले गरेका आदेशलाई सदर गरिसकेको छ । पुर्पक्षका लागि कारागार पठाउने आदेश गर्दा जिल्ला अदालतले टेकेका आधारहरुलाई नै उच्च अदालतले पनि टेकेको छ ।

पीडितले बलात्कार भएको जाहेरी दिएको, आरोपी शाह घटना भएको रात पीडीतको कोठामा पुगेको, आरोपीले सार्वजनिक भएको अडिओमा यौन सम्पर्क भएजसरी कुरा गरेको लगायत विषयलाई आजको इजलासले टेकेको छ । तर, बहसका क्रममा शाहका कानुन व्यवसायीहरूले पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई भने वास्ता गरेको देखिँदैन । प्रहरीसमक्ष पीडितले दिएको जाहेरी र बयान तथा आरोपीले प्रहरी र अदालतसमक्ष गरेको बयानलाई मात्र टेकिएको छ ।

आदेशमा भनिएको छ, ‘आज भएको बहसको क्रममा अधिवक्ताहरूले तहाँ अदालतमा भएको पीडित र जाहेरवालासमेतको बकपत्रको प्रतिलिपि पेस गरेको देखिँदा अब अन्य बुझ्नुपर्ने प्रमाणहरू भए अविलम्ब बुझी निरन्तर सुनुवाइको प्रकृया अवलम्बन गरी यथाशीघ्र फैसला गर्नुहोला ।’

जिल्ला अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि आरोपी शाह र उनका कानुन व्यवसायीहरू उच्च अदालतबाट आदेश उल्टने अपेक्षामा थिए । अब सम्भवत: जिल्ला अदालतले फैसला नगर्दासम्म आरोपी शाह कारागारमै रहने छन् ।

 

प्रतिक्रिया