एनआरएन अमेरीकाको बार्षिक साधारण सभा २०२२ आउने नेपाली नेताको नाममा

- रितेश शाक्य, बोस्टन, अमेरीका २०७९ जेठ २६ गते ११:२० मा प्रकाशित

एन आर एन अमेरिकाको विवाद पुरानो हो । यो विवाद मुलत: पहिलेदेखि नै केशब पौडेल र गौरी जोशीविच जुँगाको लडाई हो । कुनैबेला गौरी जोशीलाई एनआरएन अमेरिकाको अध्यक्षको उमेद्वार हुनबाटै बन्चित गरेर केशब पौडेलले एनआरएनमा आफ्नो बिरादरी बाहेकको निषेध राजनीतीलाई अघि बढाएका थिए । तर पैसा र क्षमतामा कम नभएका गौरी जोशीले पनि सिधै एनआरएन आइसीसीमा प्रवेश गरेर उही केशबले आइसीसीमा पस्न चुनाब लड्दा शर्मनाक पराजय भोग्ने स्थिती ल्याईदिए ।

पछिल्लो समयमा यी दुइ मध्ये गौरी जोशीले आइसीसीमा अध्यक्ष बन्न बद्री केसीलाई काँध थापे भने पौडेलले कुल आचार्यलाई । केशब र गौरी दुवैलाई आफू महासचिब हुँदै अन्तत अधक्ष्य हुनु थियो । तर यो लडाइमा आफूले भनेको जस्तो नहुन लाग्दा नेपालका राजनीतिज्ञ, अदालत लगायत, संस्थाका संरक्षक शेष घलेलाई सम्म प्रयोग गरेर निकै निक्रिस्ट राजीती गरियो । यो दुबैको कर्तुतले सम्पूर्ण प्रवासी नेपालीको शाख मात्र गिरेन, संस्था पनि बदनाम भयो, तर तीनजान अध्यक्ष र उनीहरू दुवै महासचिब भएर भने पनि उनीहरूले आफ्नो अभिष्ट पुरा गरे । उनीहरूले पद जिते, तर समाजले हार्यो, संस्थाले हार्यो, प्रबासी नेपालीले हारे, केही व्यक्तिहरूको स्वार्थले मात्र जित्यो ।

लामो समयदेखि अमेरिकाको निर्वाचनमा हालीमुहाली गर्दै आएको केशब पौडेल, विश्व बराल र उनीहरूको गुरु यादव पण्डितको गिरोहलाई ठेगान लगाउन गौरी जोशीले हालसालै कृष्ण लामिछानेको अधक्ष्यतामा एउटा समिती बनाए । त्यसमा धेरै जसो एनआरएन अमेरिकाको बेथितीदेखी निरास बौद्धिक व्यक्तिहरू लगायत आफ्ना केही मान्छेहरू राखेर जोशीले सिर्फ अहिलेको पौडेलको निर्देशनमा चल्ने बुद्धि सुबेदीको समितिलाई तर्साएर अमेरिकाको चुनाबमा प्रभाब जमाउने अभिष्ट थियो । सुधारको लागि भनेर जम्मा गरेको समितिका सदस्यको राय नै नमानी लामिछाने र जोशीले सुवेदीसंग भित्रभित्रै लेनदेन र सम्झौता गरेपछि – लामिछानेको समितीमा इमान्दारीपुर्वक सुधारको अभियानमा जोडिएकाहरूलाई घात भएको छ ।

जोशी, सुबेदी र लामिछाने बीचको यो तालमेलले संस्था सुधार गर्ने भन्दा आआफ्नो स्वार्थ पुरा गर्ने अनि सस्थालाई अनैतिक तवरले कब्जा गरिरहने छनक देखेको छ । आफ्नो भोट आफै हाल्न पाउने, आफै सदस्य बन्ने र स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको निर्वाचन गर्ने कुरो व्यक्तिगत स्वार्थले ओझेलमा पर्ने भएको छ । यहाँ पनि समाजले हार्यो, संस्थाले हार्यो, प्रबासी नेपालीले हारे, केही व्यक्तिहरूको स्वार्थले मात्र जित्यो ।

आगामी नोर्थ क्यारोलाइनामा हुने भनेको बार्षिक साधारण सभामा शेखर कोइरालालाई बोलाउने भनिएको छ । यादव पण्डित, केशब पौडेल, बुद्दि सुबेदी, कृष्ण लामिछाने, हरिबोल भण्डारी, गौरी जोशी तिनै नेताको नजिक भएर आफ्नो राजनीतिक र सामाजिक प्रतिष्ठा उचो गराउने सोचमा छन् । एउटा लोकतान्त्रिक पार्टीभित्र अन्तरिक लोकतन्त्र र संस्थागत कामको लागि लडीरहेका एक स्वच्छ नेता शेखर कोइरालाका वरिपरि एनआरएनका दुइचार पैसा हुने अवसरवादी भुराहरू टाढैबाट गनाउनुपर्ने हो । नेपालका नेताहरूले बुझ्नु पर्ने कुरा के भने एनआरएन अमेरिकामा पनि ठूलो सुधारको आवस्यकता छ । नेपालमै बालेन जस्ता युवा उदाइसका छन् भने बिदेशमात सम्पूर्ण प्रवासीले यस्ता झुण्डाहरूलाई चिनेको अवस्थामा कुनै स्वक्छ, स्वार्थरहीत नेपाली नेता यस्ता स्वार्थी झुण्डको वरिपरि आउने बित्तिकै ती नेताको इज्जत पनि हरिबिजोग हुने निश्चित छ ।

– रितेश शाक्य, बोस्टन, अमेरीका

प्रतिक्रिया