जनताहरुले मुलुकबाट राजसंस्था हटाएर आजसम्म उपलब्धि हासिल गरे के ? मुलुकमा निकास आयो ? मनन गरौं ।

राकेश कुमार शर्मा २०७९ जेठ २४ गते १:४० मा प्रकाशित

नेपाली जनताहरुले २०६२/०६३ सालमा राजसंस्था हटाए राजसंस्था हटाएर मुलुकमा निकास आयो ? मुलुकमा आजसम्म उपलब्धि हासिल भयो के ? मुलुकमा आज पनि शेर बहादुर देउवा, के.पी. शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, बाबुराम भट्टराई र पुष्प कमल दाहाल लगायतका नेताहरूको तानाशाह र निरंकुशता छ । राजसंस्था हटाएर तानाशाह र निरंकुशताको अन्त्य भयो र ? नेपाली जनताहरुले राजसंस्था हटाए पछि आज मुलुकको अवस्था जर्जर र मुलुकमा आर्थिक संकट देखापर्नुमा विक्रम सम्वत २०६२/०६३ साल पछिको ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, राष्ट्रपति, उप राष्ट्रपति, सभामुख, उप सभामुख, मन्त्रीहरु, राजनीतिक दलका नेताहरू र विशेष गरि नेपाली जनताहरु दोषी हुन ।

स्वर्गीय राजा बिरेन्द्र शाह उद्धारवादी र देशभक्त हुन । राजा ज्ञानेन्द्र शाह विक्रम सम्वत २०६२/०६३ सालको जनआन्दोलनमा धेरै नै उद्धारवादी र देशभक्त भएकोले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो । तर नेपाली जनताहरुले मुलुकमा रहेको राजसंस्थाको महत्त्वलाई विगतमा पनि बुझेनन र आजसम्म पनि राजसंस्थाको महत्त्वलाई बुझ्न सकेका छैन । नेताहरू दोषी कि ? जनताहरु दोषी कि ? दोषी को ?

मुलुकमा द्वन्द्व, अराजकता, अस्थिरता, विकृति र बेथितिको जड नै नेपाली जनताहरु हुन । नेपाली जनताहरु आम जनताहरु सरह अर्थात वास्तविक जनताहरु भएनन । नेपाली जनताहरु राजनीतिक दलका कार्यकर्ताहरु भए यसकारण पनि मुलुकले सहजै निकास पाउन सकेको छैन । जबसम्म नेपाली जनताहरु पार्टीगत नभई वास्तविक जनताहरु हुँदैनन तबसम्म मुलुकमा शान्ति र समृद्धि हुने छैन ।

स्वर्गीय राजा बिरेन्द्र शाह होलेरीमा माओवादीका नेताहरुलाई बचाएर महागल्ती गरेका हुन । स्वर्गीय राजा बिरेन्द्र शाहले होलेरीमा माओवादीका नेताहरूलाई बचाउनुको नराम्रो परिणाम आज मुलुकले व्यहोर्नुपर्ने भएको छ ।

स्वर्गीय राजा बिरेन्द्र शाहले बहुदल अर्थात प्रजातन्त्र घोषणा गर्दा गलत तरिकाले गरे । स्वर्गीय राजा बिरेन्द्र शाहले दुई दल भन्दा बढी राख्न नपाइने गरि बहुदल व्यवस्थामा छुट दिनुपर्ने थियो । आज मुलुकमा अनेकौं राजनीतिक दलहरूको कारणले मुलुकमा अराजकता र अस्थिरता छ । स्व.बिरेन्द्र शाहले ठुलो महागल्ती गरे ।

मुलुकमा वास्तविक राष्ट्रवादीहरु नपुंसक बनेका छन । मुलुकमा दलीय व्यवस्था असफल भएको छ । दलीय व्यवस्था फाल्न, नक्कली गणतन्त्र व्यवस्था फाल्न र २०७२ को संविधान फाल्न खोज्नेहरुले साम, दाम, दण्ड, भेद, जुक्ति र कुटनीतिक जान्न आवश्यक छ ।

मुलुकमा नक्कली गणतन्त्र आएपछि । सामाजिक संजालहरुमा नक्कली गणतन्त्र, नक्कली सत्ताधारीहरु र विक्रम सम्वत २०७२ सालको संविधान फाल्न धेरै जनाहरु तम्सेको देखे तर आजसम्म फाल्न सकेनन किन ? सबैजना असफल भए किन ? श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह फेल खाए । राजा ज्ञानेन्द्रलाई मेरो सुझाव श्री ५ ज्ञानेन्द्र शाह आफू किन र कसरी फेल खाए विश्लेषण गर्न एक पटक विक्रम सम्वत २०६२/०६३ सालको घटना तर्फ फर्केर समीक्षा गर्न आवश्यक छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथि महाअभियोग लागि निलम्बित भएका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेल खाए । कस्ता कस्ता मै हुँ भन्ने प्रधानसेनापतिहरु, जर्नेलहरु, कर्णेलहरु, मेजरहरु र सिपाहीहरु फेल खाए । कस्ता कस्ता मै हुँ भन्ने राणा परिवार, कुँवर परिवार, थापा परिवार, चन्द परिवार, मल्ल परिवार र शाह परिवार हरु फेल खाए । मुलुकमा वास्तविक देशभक्तहरु नपुंसक बनेका छन । अब कस बाट आस गर्ने ?

यसकारण नक्कली गणतन्त्रको नाममा नक्कली गणतन्त्रको सत्तासीन हरुलाई फाल्न साम, दाम, दण्ड, भेद, जुक्ति र कुटनीतिक जान्न आवश्यक छ ।

जनताहरुले मुलुकबाट राजसंस्था हटाएर आजसम्म उपलब्धि हासिल गरे के ? मुलुकमा निकास आयो ? मुलुकमा राजनीतिक दलका नेताहरूको तानाशाह र निरंकुशता छ । जनताहरुले राजसंस्था हटाएर तानाशाह र निरंकुशताको अन्त्य भयो र ? मनन गरौं ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

 

प्रतिक्रिया