बेलायती प्रधानमन्त्रि जोन्सन अविश्वासको प्रस्तावबाट बालबाल बचे

इनेप्लिज २०७९ जेठ २३ गते २१:४३ मा प्रकाशित

कोरोना महामारीमा मादक पदार्थ सेवन लगायत अन्य बिषयलाई लिएर बेलायती प्रधानमन्त्रि बोरिस जोन्सन बिरुद्ध गरिएको अविश्वासको प्रस्तावमा उनि बालबाल बचेका छन् ।

उनि बिरुद्ध मतदान गर्दा उनको पक्षमा ज्यादा मत आए पछि उनको प्रधानमन्त्रीको कुर्सी पद हाललाई टरेर गएको छ ।

उनि यस अर्थमा बलिया देखिएका छन् ।

उनको आफ्नै कन्जरभेटिभ पार्टी(दल )का आक्रोशित सांसदहरूले उनीमाथि अविश्वास भएको भन्दै मतदान गरेता पनि उनको समर्थनमा २११ मत परे पछि उनको कुर्सी जोगिएको छ । सोमबार भएको मतदानबाट बेलायतको प्रधानमन्त्री पद सुरक्षित भएको छ ।

उनका आफ्नै सांसदहरू मध्ये १४८ ले जोन्सनको नेतृत्वमा विश्वास छैन भनि विपक्षमा मतदान गरेका थिए ।

यसको मतलब ५८.६ % कन्जरभेटिभ सांसदहरूले उहाँलाई समर्थन गरे । बेलायतकी पूर्व प्रधानमन्त्री थेरेसा मे भन्दा जोन्सनले खराब नतिजा ल्याएका छन् । थेरेसालाई ६३% सांसदहरूको समर्थन थियो उनले सन् २०१८ मा मा विश्वास मतको सामना गरेकी थिइन् ।

बेलायतका विपक्षी लेबर पार्टी(श्रम दल)का नेता केयर स्टाररले सोमबारको विश्वासको मतमा बोरिस जोनसनलाई हटाउन कन्जरभेटिभ(रूढ़िवादी) सांसदहरूलाई आग्रह गरेका थिए ।

सन् २०१९ को कन्जरभेटिभ नेतृत्वको चुनावमा जोनसनसँग पराजित भएका जेरेमी हन्टले सोमबार हुने प्रधानमन्त्री विरुद्ध मतदान गर्ने बताएका थिए ।

प्रतिक्रिया