प्रत्यक्षदर्शीहरूले रुसी सेनाले युक्रेनको होस्टोमेलका नगर प्रमुख तथा दुई स्वयंसेवकको हत्या गरेको बताए

इनेप्लिज २०७९ जेठ २३ गते ११:१४ मा प्रकाशित

प्रत्यक्षदर्शीहरूले रुसी सेनाले युक्रेनको होस्टोमेलका नगर प्रमुख तथा दुई स्वयंसेवकको हत्या गरेको बताएका छन । रुसी सेनाहरू फेब्रुअरीको अन्त्यमा होस्टमेलमा बन्द हुँदा शहरका नगर प्रमुख युरी प्राइलिप्कोले स्थानीय बासिन्दाहरूलाई एक अर्काको हेरचाह गर्न आग्रह गरेका थिए ।

म यहाँ तपाईहरु संग छु। हामीले प्रतिरोध गर्नुपर्छ,’ उनले अङ्कियदृश्य (भिडियो )सन्देशमा भने, ‘हतियार आउँदैछ। हाम्रा सिपाहीहरू आउँदैछन्। हामी यो पार गर्नेछौं। हामीले केवल शान्त रहन र हाम्रो वरपरका मानिसहरूलाई बचाउन आवश्यक छ। धन्यवाद !”

केही दिन पछि प्राइलिप्कोले मृत्यु भयो। उनी र अर्का नागरिक इभान जोर्यालाई रूसी सैनिकहरूले मारेको प्रत्यक्षदर्शीहरूले बताए ।

उनीहरूले समुदायका मानिसहरूलाई औषधि र पाउरोटी र अन्य आपूर्तिहरू पुर्‍याउने प्रयास गर्दा र उनीहरूलाई बचाउन खोज्दा अर्का नागरिक ओलेक्जेन्डर कार्पेन्कोको समेत मृत्यु भएको थियो।

रुसले युक्रेनमा आक्रमण गर्दा सर्वसाधारणलाई निशाना बनाएको कुरालाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

तर घटनापछि खिचिएका दृश्यका तस्बिरहरू र आक्रमणको दिन सुरक्षा चित्रग्राहिणी ( सेक्युरिटी क्यामेरा)ले खिचेका तस्बिरहरूले रूसी सेनाले गोली चलाउँदा नगर प्रमुख सिभिल कारमा यात्रा गरि रहेको स्पष्ट हुन्छ भनि सिएनएनले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार त्यतिबेला नजिकै अरू कुनै सवारी साधन वा सैन्य गाडीहरू थिएनन्।

तीन पुरुषको मृत्युको अनुसन्धानको एक भागको रूपमा सिएनएनले मार्च ३ मा भएको आक्रमणका तीन प्रत्यक्षदर्शीहरू र अन्य धेरै स्थानीय बासिन्दाहरूसँग कुरा गरेको थियो ।

गोलीकाण्ड पछि प्राइलिप्को र जोर्याको शव सडकमा परेको देखेका थिए।

प्रतिक्रिया