यानले मनायो विश्व वातावरण दिवस

इनेप्लिज २०७९ जेठ २२ गते १९:५० मा प्रकाशित

काठमाडौ । विश्व वातावरण दिवस –२०२२ को अवसरमा काठमाडाैंकाे माइतिघर मन्डलामा युवाहरुले जनचेतनामूलक प्रदशर्न गरेका छन् ।

सन् १९७४ देखि प्रतेक बर्ष जुन-५ मा विश्व वातावरण दिवस मनाइदै आएको छ । नेपालमा “पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्रि जिवनयापन” भन्ने राष्ट्रिय नारा सहित विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ ।

वातावरण दिवसको अवसर पारेर युथ एडभोकेसि नेपालको आयोजना र आईएम स्विडिस, नाफान, ग्लोलवल पिस फाउन्डेससन, दलित युथ एलाईन्स तथा युएनपिडी जस्ता विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा माइतिघर मन्डलामा एक घण्टा प्रदर्शनि गरेका छन् । विकास उन्मुख राष्ट्र नेपालका विभिन्न वातामरणीय सवालहरुलाई प्रदनर्शनकारी युवाहरुले प्लेकाडका माध्यमबाट जनचेतनामूलक प्रदर्शन गरेका हुन। उक्त प्रदर्शनिमा “ वातावरण संरक्षण गारौँ सव्य मानिसको परिचय दिऔ” “युवाको रहर ः वातावरणमैत्री शहर”,“ डोजरे विकास अन्त्य गर”,“ वन विनास अन्त्य गर”, “प्रकतीको संरक्षण गरौं”, “हरितगृह ग्याँस उत्सर्जन बन्द गर”,“ प्रकृतीको संरक्षण गर”, लगायतका वातावरण सम्बन्धि विभिन्न नाराहरु प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया