विराटनगर,२१ जेठ । सञ्चार कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार रोक्न अविलम्व प्रतिवादगर्नुपर्ने सुझाव आज यहाँ सरोकारवालाहरुले दिनु भएको छ।उहाँहरुले सञ्चार क्षेत्रको कार्यस्थलमा सुरक्षित काम गर्ने वातावरण सम्वन्धित मिडियाले निर्माण गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।
सोलिडारिटी सेन्टर र मिडिया एडभोकेसी ग्रुप काठमाण्डांैद्वारा संयुक्त रुपमा आजयहाँ आयोजित ।।। कार्यस्थलमा हुने हिंसा र दुव्यर्वहार रोकथाम तथा उन्मुलन सम्वन्धी सञ्चार निर्देशिका अन्तरक्रियामा सहभागीहरुले उक्त्त सुझाव दिनु भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष विपुल पोखरेलले एकले अर्काको सम्मान गर्ने संस्कृतिको विकास गरि आफु आवद्ध संस्थाको ख्यातीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।
पूर्व केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट,एडभोकेशीका निर्देशक बविता बस्नेत, अध्यक्ष अनिता विन्दुले घटना घट्न नदिन सचेतना अपनाउनुका साथै सचेतना फैलाउने पर्ने विचार राख्नु भयो ।
महासङ्घका प्रदेश अध्यक्ष लिलावल्लघ घिमिरे,महासचिव विवेक गौतम, प्रदेश पूर्व अध्यक्ष विक्रम लुईटेल र वरिष्ठ पत्रकार यज्ञ शर्माले हिंसा एवं दुव्र्यवहार नियन्त्रणमा निर्देशिकासहयोगी हुने धारणा राख्नु भयो ।
अन्तरक्रियामा महासङ्घका मोरब अध्यक्ष सन्जीव खनाल,सञ्चारकर्मीहरु गणेश लम्साल, व्रहमदेव यादव, विनु तिम्सिना, शुसिला पाठक, दिपेन न्यौपाने र अर्जुन आचार्यले कार्यस्थललाई जोखिम एवं हिंसामुक्त वातावरण कायम राख्नु पर्ने सुझाव दिनु भयो।
प्रतिक्रिया