गजल

✍️एकल यात्री(बद्री प्रयास) २०७९ जेठ २१ गते १५:३६ मा प्रकाशित

 

 

धेरै टाढा सम्म हेरिराथे सास थिएन त्यहाँ।।

फर्कि अाउने कसै सँग पनि अास थिएन त्यहाँ ।।

 

कयौ/सयौं पुस्ता यसैगरि लाेप हुँदा पिन

हामी पनि मरिन्छ है  भन्ने! त्रास थिएन त्यहाँ ।।

 

बर्षाै देखि हेरिराछु मलामि र मुर्दा

कयौ मुर्दाको साथमा पनि धनकाे रास थिएन त्यहाँ।।

 

तैपनि नि किन मरिहत्ते गर्छाै हामी मान्छेहरू

मुर्दा सँगै जाने त्यहाँ, केही खास थिएन त्यहाँ ।।

 

मरे पछि `राम र रावण´ लाई पनि घाटैमा लगेका हुन्

भगवान र राक्षस  को पनि, घरमा बास थिएन त्यहाँ ।।

✍️एकल यात्री(बद्री प्रयास)

 

प्रतिक्रिया