टिपेर गुलाफको फुल मैले तिमिलाई……………………….

गोबिन्द राज ओझा (साजन) २०७९ जेठ २० गते १०:३७ मा प्रकाशित

टिपेर गुलाफको फुल मैले तिमिलाई उपहार दिन सजाउकि

तिम्रो सुन्दरताको चर्चा हुन्छ, यो दुनियामा तिम्रो  बयान गरु कि

सुन्दर तिम्रो रुप सबैले हेर्छन दुनियाको आँखामा रह्यौ तिमि

सुगन्धित फुलेको फुल देखेर सबैले रोजाईमा राख्छन नि

मन्दिरमा देउता पुजे फुल टिपि चढाउदा पनि कहा गयो सन्तुष्ठि

यहाँको सुन्दरतामा सबैको नजर लाग्ने यो कस्तो हो शृष्टी

फुललाई फुल्नदिए सुन्दरता बढाउछ भन्छन सबैले

आखिरमा फुलको अस्तित्व पनि बुझ्दैनन कसैले

फुलेको फुललाई देख्दा चुडि फाल्ने कस्तो हो बानि

सुन्दरता बढाउने फुलहरु देख्दा काटछौ किन नानि

फुलका बोटहरुले यहाँको सुन्दरता बढाउछ

चारैतिर सुन्दर फुलहरु मन कति रमाउछ

मनै हो हाम्रो मनमा अनेक कुराहरु खेल्दछन

दुरि बढेर टाढा हुदाँ यि नयन आशुले भरिन्छन

हृदयको चोट मेरो देखेर मलम लगाउने को छन

दु:खि मेरो मन हुदा मेरा साथि संगि कहा छन

गोबिन्द राज ओझा (साजन)

 दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

प्रतिक्रिया