
सरकारले जनतालाई मुर्ख बनाउने काम गरेको पनि उनको आरोप छ । उनले सरकारले किसानलाई पेन्सन दिने भनेर घोषणा गरेको तर मलको व्यवस्था नगरेको गुनाो पोखे । उनले भने,‘सरकारले धान आयात घटाउँछु भनेको छ, यसको लागि नेपालमै धान उत्पादन बढाउनुपर्यो नि, अनि धान उत्पादन बढाउन त मलको व्यवस्था गर्नुपर्छ । तर, मलको व्यवस्था नगर्ने अनि यस्तो हावादारी गफ गर्ने, यो भनेको गँजेडीको गफ हो ।’ उनले नेपाल सरकार र राष्ट्र बैंक एउटै लिकमा नरहेको स्पष्ट पारे ।
प्रतिक्रिया