लन्डन, मे २९, २०२२
समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित अमेरिका निवासी वरिष्ठ साहित्यकार प्रा. डा. शिव गौतमको कविता सङ्ग्रह ‘शीतांशु र बेलायत निवासी साहित्यकार अरुणा सब्बरवालको नेपालीमा अनूदित कथा सङ्ग्रह ‘क्लब क्रौलिंग’को जुमको माध्यमद्धारा लोकापर्ण तथा अन्तकृया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
पूर्व प्रशासक, समाजसेवी तथा वरिष्ठ लेखक पुष्पप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ समालोचक डा. विदुर चालिसे, डा. लेख निरौला, पुस्तकका लेखक प्रा. डा. शिव गौतम, अरुणा सब्बरवाल, अनुवादक बैद्यनाथ उपाध्याय, पुष्कर लोहनी, डा. गोविन्द सिं रावत, डा. देवचन्द्र सुब्बा, डा. इगम खालिङ, प्रल्हाद पोखरेल, कुसुम ज्ञवाली आदिले बोल्नु भएको थियो ।
कार्यक्रममा अमेरिका, क्यानडा, बेल्जियम, नेपाल, भारत आदि देशबाट प्रा. डा. कुमारप्रसाद कोइराला,डा. पुष्कर भट्ट, भारती गौतम, शाहिल अग्रवाल, केदार अधिकारी, मुना राना, रचना शर्मा, काशिनाथ मिश्रित, विमल गिरी आदि स्रष्टाहरुको उपस्थिति थियो।
समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेत्र न्यौपानेले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया