अहिले बलात्कारको बिषयले सदन र सडक दुबै तातेको छ। सुस्मिता रेग्मीले सुन्दरी प्रतियोगिताको कालो पाटो उजगार गरेर आफुलेभोग्नु परेको सेक्स्युएल ह्यारेसमेन्टको बारेमा खुलेर मिडियामा आएपछि यो बिषयले सदनमा पनि प्रबेश पाएको थियो र सभामुखले सरकारलाई हदम्याद नाघे पनि यसलाई तुरुन्तै कानुनी कार्वाहीमा लैजानु भनेर निर्देशन दिएका थिए। अरु धेरै महिला अधिकारकर्मीहरु स्वस्फुर्त रुपमा माईतिघरमा धर्ना दिने चेलीबेटीहरुको पनि कमी थिएन। सुस्मिता संगै अरु दुईजनाले पनि किटानी जाहेरी दिएका छन, पिडक मनोज पाण्डे पुलिस हिरासतमा छन , केसको अध्ययन तथा थप अनुसन्धान भैरहेको छ।
ईटहरीको ब्लुमिङ लोटस ईंगलिस स्कुलको कक्षा ९ मा अध्यनरत एक छात्रालाई अस्पताल लैजाने बहानामा आजभन्दा पाँचबर्ष अघि सोही स्कुलका प्रिन्सीपलले होटलमा लगेर बलात्कार गरेका रहेछन । उनले रेष्टिकेट गरिदने लगायतका अनेकौ धम्कीदिएर २ बर्ष सम्म लगातार बलात्कार गरिरहे। चाबहिलको सेन्ट लरेन्स कलेजको कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजन कुमार पौडेलले बारम्बार यौन दुर्ब्यबहार गरेको हुनाले बिध्यार्थीहरुले लगातार आन्दोलन गरिरहेका छन,आरोपितहरु अनुसन्धानको लागी अहिले प्रहरी हिरासतमा छन।
तपाईहरुलाई थाहा छ? नेपालमा बर्षेनी हजारौ चेलीहरु बलात्कर हुन्छन तर लोकलाजले गर्दा धेरै न्युनमात्र केस दर्ता हुन्छ। २०१९-२०२० मा २१४४ जनाले बलात्कारको केस दर्ता गरेका थिए, २०२०-२०२१ मा २५३४ जनाले केस दर्ता गरेका थिए जुन अघिल्लो बर्षभन्दा १८.१९ प्रतिशतले बढी हो। यस्ता दर्ता नभएका केस त कति छन कति कुनै लेखा जोखा छैन।बलात्कारको कोशीस मात्रै गर्ने पनिहजारौको सख्यामा छन त्यो त झन बाहिर आएकै हुदैन । गत बर्ष ७३५ जनालाई बलात्कारको असफल कोशिस गरेको प्रहरी तथ्यलेदेखाउछ।
आखिर किन हुन्छ त बलात्कार? यो बिषयमा हामीले अलि फराकिलो बिचार र उदार भावनाले बहसमा बस्नु जरुरी छ।मानिसकोजिबनमा पहिलो प्राथमिकता भनेको गास,बास र कपास भन्थे पहिला तर म चै सहबास ( सेक्स) गाँस र कपास भन्छु। यदि मिठोखानेकुराहरु खसिको पक्कु, लोकल कुखुराको झोलवाला मासु, नारायणीको शहरमाछाको परिकारको बिचमा र एउटा बयस्क सुन्दरीरोज्नु पर्यो भने तपाई के रोज्नुहुन्छ? नढाँटीकन छातिमा हात राखेर भन्नुपर्दा अवस्य पनि ति सुन्दरी नै रोज्छौ हैन र ? त्यसैले यो सेक्सभनेको खाना भन्दा पनि महत्वपुर्ण छ। हामीले गाँसको लागी धान रोप्छौ,अन्न रोप्छौ, बासको लागी घर बनाउछौ, कोठा भाडामा लिन्छौ, कपासको लागी पनि हामी बिभिन्न महल र पसलमा गएर जोहो गर्छौ तर सेक्सको लागी के छ त ब्यबस्था? कहा गएर पुरा गर्ने ? यसकोबारेमा कहिल्यै पनि कसैले पनि सम्बोधन गरेनन। समस्या मात्रै खडा गरे तर सामधान तिर कोही पनि लागेनन।
कोही भन्छनबलात्कारीलाई फाँसी दिनुपर्छ भन्छन, कोही भन्छन नपुसक बनाउनु पर्छ भन्छन, कोही भन्छन केटीहरुले छोटो लुगा लाएर बलात्कारबढेको भन्छन। के बलात्कारीलाई फाँसी दिनु नै यसको समाधान हो त? पाकिस्तान र बंगालादेशमा बलात्कारीलाई फाँसी दिईन्छ, त्यसोभए त्यहा बलात्कार नहुनु पर्ने हैन र? तर पाकिस्तानमा दैनिक कम्तिमा पनि ११ जना महिलाहरु बलात्कृत हुन्छन, तर बास्तबिक तथ्ययो भन्दा धेरै माथि छ, बंगलादेशमा २०२१ मा १२४७ जना बलात्कृत भएका थिए भने २८६ जना बलात्कारको कोशीसमा परेका थिए ।धेरैले रिपोर्टनै गर्दैनन, भित्रभित्रै मिलाउछन। कोहि भन्छन केटीहरुको उत्ताउलो र भड्किलो छोटो पहिरनले गर्दा बलात्कार बढेके हो तरकेटीहरुले कपडा छोटो लाएरमात्रै रेप हुनि भए पाकिस्तान र बंगलादेश वा अन्य अरबदेशका बुर्का र हिजाबमा हिडने महिलाहरुको रेपकसरी भयो त? उनीहरु त शिरदेखी पाउ सम्म पुकै ढाकेर हिड्छन। त्यसो भए यसको सामाधान के त? यस बिषयमा गहिरिएर सोच्नुपर्नेआजको मुख्य आवस्यकता हो।
“केटीहरुको उत्ताउलो र भड्किलो छोटो पहिरनले गर्दा बलात्कार बढने भए पाकिस्तान र बंगलादेश वा अन्य अरबदेशका बुर्का रहिजाबमा हिडने महिलाहरुको रेप कसरी भयो त? उनीहरु त शिरदेखी पाउ सम्म पुकै ढाकेर हिड्छन”
सबै भन्दा पहिला त आफ्ना छोरी चेलीहरुसंग राम्रो साथीको सम्बन्ध स्थापित गर्ने, उनीहरुले हरेक कुरा तपाई संग साटन सकुन, बाउआमा दाजुभाईसंग साथीको जस्तो सम्बन्ध नभएर धेरै छोरीचेलीहरुले आफुसंग घटेका घटनाहरु परिवारलाई भन्दैनन, त्यसकोफाईदा बलात्कारीले उठाउछन।जस्तो सुकै परिस्थितिमा पनि मलाई मेरो परिवारले साथ दिन्छन भन्ने लागेमा उनीहरुले सबैकुरा घरमासेयर गर्छन। अहिले धेरै जसो घटनामा पिडितहरुले आफ्नो कुरा अरुले नपत्याईदिने डरले र बेईज्जतीको डरले कसैलाई सेयर गर्दैनन।मेरी छोरी १५ बर्षकी भईन, स्कुलमा एकजना केटाले मेरी छोरीलाई आईलभयु भनेछ, घर आएर हामी संग फलानाले आजा मलाईआईलभयु भन्यो भनेर भनिन, हामीले भन्यौ , तिमी राम्री छौ जस्ले पनी मन पराउछ छोरी तर अहिले तिमी पढने बेला हो कलेज गएसी होसाथी बनाउने भनेर सम्झायौ, उनले पनि मलाई थाहा छ ड्याडी भनेर आफु त्यस्तो चक्करमा नफस्ने दाबी ब्यक्त गरिन।
“हामीले गासको लागी धान रोप्छौ,अन्न रोप्छौ, बासको लागी घर बनाउछौ, कोठा भाडामा लिन्छौ, कपासको लागी पनि हामी बिभिन्नमहल र पसलमा गएर जोहो गर्छौ तर सेक्सको लागी के छ त ब्यबस्था? कहा गएर पुरा गर्ने ? यसको बारेमा कहिल्यै पनि कसैले पनिसम्बोधन गरेनन। समस्या मात्रै खडा गरे तर सामधान तिर कोही पनि लागेनन”
फेरी २-४ दिनपहिला एउटा केटा पछि लाएर भेट्योकी हात समातेर हेलो फलानी भन्दै हात समातेर हात मिलाउन आउदो रैछ, दिनमा जति चोटी भेट्योत्यसै गर्दो रहिछ, त्यो पनि मलाई आएर सबै भनी, मैले भने उसलाई गएर भन तिमीलाई यो सब मन पर्दैन,अब देखी यसो नगर्नु भनेरसम्झाउनु मानेन भनी म प्रिन्सीपल संग कुरा गर्छु भने, छोरीले गएर त्यसरी नै सम्झाईछन र भोली देखी त्यो केटाले त्यसो गर्न बन्द गरेछ।
मेरो र छोरीको राम्रो दोस्ती छ उनले हरेक कुरा म सॅग सेयर गर्न कम्फर्ट फिल गर्छिन, सबैले यस्तो सम्बन्ध राखेमा भोली छोरीहरुले केहीकुरा लुकाउदैनन र कुनै अनर्थ हुनबाट पनि बचाउन सकिन्छ। हामीले समाजमा हाम्रा छोरी चेलीहरु यस्तो घटना घटने बित्तिकै वा कसैलेयस्तो दुष्प्रयास गरेमा मात्रै पनि चिच्याएर सबै संग गुहार माग्न सक्ने र सबै संग यी कुराहरु सेयर गर्नसक्ने वा उनीहरुले भनेका कुराहरुसबैले बिश्वास गरिदिने बाताबारणको सृजना गर्नुपर्छ। सबैले तुरुन्तै प्रतिकार गर्ने संस्कार सुरु गरेमा समाजमा बलात्कारीहरुको संख्यास्वत: कम भएर जान्छ। बलात्कारीहरुले हाम्रो छोरी चेलीको डर र कमजोर आत्मबिश्वासको फाईदा उठाएर नै बर्षौ देखी बल्याक मेल गरेर नजायाज फाईदा उठाएर बारम्बार अस्मिता लुटिरहेका छन। त्यसैले हामीले उनीहरुको त्यो डर निकालेर उनीहरुमा आत्मबिश्वास भरि दिनुपर्छ।
अर्को कुरा चै १८ बर्ष पुगेका बयस्क युवायुवतीहरुलाई डेटिङ जादा वा कुनै ठाउमा आफ्नो पर्सनल टाईम बिताउदा धरपकड गर्ने कार्यबन्द गरिनुपर्छ। जसरी हामीलाई भोक लाग्यो भनी रेष्टुरेन्टमा गएर मःम , चाउमीन मगाएर आफ्नो भोग मेटाउछौ तर यौनको भोक र प्यासमेटाउने ठाउ छैन। कहिले कहिले यस्तो भोकलाग्छ कि सहनै सकिदैन, त्यस्तो बोलामा हिड्दा बाटोमा जे भेट्यो त्यही खाईन्छ, म बोटोमाखान्न वा यो खानेकुरा मलाई मन पर्दैन वा फाटफुटको खाना हाईजेनिक छैन भनेर यो र त्यो भन्ने रोजाई हुदैन, जे भेटेयो त्यही खाईन्च, भोली पेट दुखे पनि दुखोस तर पहिला पेट भरौ भोक मेटौ भन्ने सोच् हुन्छ।
“टिभिसिरियल, चलचित्रहरु वा पोर्न मुभिहरु हेरेर जोसिएर मुडमा आएको होस वा हल्का मातेको बेलामा यौन प्यास जागेको बेलामामान्छे कहा जाने त? कहा गएर प्यास मेटाउने ? यौनमत्त भएको बेलामा मान्छेहरु पागल जस्तै हुन्छन ,उनीहरुले आफ्नो अर्का केही हेर्दैनन, बालिग नाबालिग केही हेर्दैनन, भोकले छटपटिएको सिंह र यौन प्यासले छटपटिएको पुरुष उस्तै उस्तै हुन, जस्लाई देख्यो त्यसैलाईझम्टिन्छन”
त्यसरी नै कहिले काहि टिभिसिरियल, चलचित्रहरु वा पोर्नमुभिहरु हेरेर जोसिएर मुडमा आएको होस वा हल्का मातेको बेलामा यौन प्यास जागेको बेलामा मान्छे कहा जाने त? कहा गएर प्यासमेटाउने ? यौनमत्त भएको बेलामा मान्छेहरु पागल जस्तै हुन्छन ,उनीहरुले आफ्नो अर्का केही हेर्दैनन, बालिग नाबालिग केही हेर्दैनन, भोकले छटपटिएको सिंह र यौन प्यासले छटपटिएको पुरुष उस्तै उस्तै हुन, जस्लाई देख्यो त्यसैलाई झम्टिन्छन र आफ्नो यौन प्यासकोशिकार बनाउछन।
त्यस्तै मत्त मान्छेहरु तहलाउन ठाउँ ठाउँमा सामजिक मुल्य मान्याता र दायरा भित्र रहने गरी एडल्ट मसाज सेन्टर खोल्न प्रोत्साहन गर्नु पर्छ, जहा मसाजको साथसाथै ह्याप्पी ईन्डिङ ( मसाज सकिएसी केटीहरुले गरिदिने हस्तमैथुन) को पनि ब्यबस्था होस।बयस्क महिलापुरुषले पैसाको कारोबार गरेर गिभ एन्ड टेक गरेमा पनि राज्य र समाजलाई कुनै आपत्ति हुनुहुदैन। शरिर त हामी सबैले बेचेका छौ, ।कसैले अफिसमा म्यानेजरको रुपमा आफुलाई बेच्छन, कसैले कन्स्ट्रकशनमा लेबरको रुपमा बेच्छन, कसैले पाईलटको रुपमा, कसैले एयर होस्टेसको रुपमा, कसैले सेल्सम्यानको रुपमा बेच्छन भने कसैले घन्टे प्रेमी र प्रेमिको रुपमा बेच्छन, कसैले भन्नाल फेरी शरिर बेच्नुर श्रम बेच्नु एउटै हो?
जस्ले जे भनेपनि श्रम त शरिरले नै गर्ने हो, त्यसैले श्रम बेच्नु भन्नु नै शरिर बेच्नु हो भन्दा फरक नपर्ला, भाषा फरकभए पनि काम त उही हो यसमा कसैलाई आपत्ति हुनुहदैन अर्थात देहब्यापार गर्न चाहनेलाई राज्य र समाजले कुनै रोकतोक बिना नै कामगरेर खान पाउने बाताबरण बनाएमा र स्कुलहरुमा यौन शिक्षा सम्बन्धी खुलेर पढाएर मनोबैज्ञानिक रुपमा उनीहरुलाई बलात्कार भनेकोजघन्य अपराध हो र यस्ले पिडक र पिडितको साथसाथै उनीहरुको परिवार र समाजमा पार्न सक्ने दिर्घकालिन असरको बारेमाउनीहरुलाई शिक्षित गर्न सकेमा ,यो समाजमा बलात्कारकाको घटनाहरु धैरै हदसम्म कम गर्न सकिन्छ।
नबिन बि.क, चीन (हाल अमेरिका)
सह संयोजक एशिया प्यासिफिक
एनआरएनए केन्द्रिय समिती
( लेख सम्बन्धी कुनै सल्लाह ,सुझाब वा असुन्तुष्टी भएमा लेखकलाई [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ।
प्रतिक्रिया