विराटनगर,११ जेठ । मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिकाको निर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको छ।
कार्यालयले महानगरकाको पाँच महिला तथा तीन जना दलित अल्पसङ्ख्यक सदस्यहरुकालाई आज बिहान १० बजेदेखि १ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।
यसैगरी मतदाताको विरोधमा दिएको उजुरी उपर जाँच वुझ गर्नका लागि आज दिउँसो १ वजेदेखि ३ बजेसम्म समय निर्धारण गरिएको कार्यालयका सूचना हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो । मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने समय आज साँझ ५ बजे निर्धारण गरिएको छ।
कार्यक्रममा अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय जेठ १२ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्धारण गरिएको छ भने मनोयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने समय जेठ १२ गते दिउँसो १ बजेदेखि २ बजेसम्म निर्धारण गरिएको छ।
यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिनका लागि जेठ १२ गते दिउँसो २ बजेदेखि ४ बजेसम्म समय निर्धारण गरिएको छ।
निर्वाचन कार्यक्रम अनुसार मनोयनपत्र जाँच गर्ने र उजुरी उपर निर्णण गर्नका लागि जेठ १२ गते दिउँसो ४ बजेदेखि ४ः३० बजे र उम्मेदवारको नामावली प्रकाशित गर्ने समयमा ४ः३०देखि ५ बजेसम्म सम्म निर्धारण गरिएको छ।
यसैगरी उम्मेदवारको नाम फिर्ता लिने समय जेठ १३ गते विहान १० देखि १२ बजेसम्म निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशत गर्नका लागि सोही दिन १२ देखि १ बजेसम्म र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नका लागि सोही दिने १ देखि ५ बजेसम्म निर्धारण गरिएको कार्यालयले जनाएको।
कार्यपालिका सदस्यहरुको निर्वाचन जेठ २१ गते विहान १० देखि २ बजेसम्म कार्यालय रहेको रेडक्रस भवनमा हुने जनाइएको छ।
कार्यपालिका निर्वाचनका लागि महानगरपालिकाका प्रमुख,उपप्रमुख,१९ वडा अध्यक्ष महिला,दलित र खुल्ला सदस्यगरी ९७ जना मतदाता रहेका छन्।
कार्यपालिकाको पाँच जना महिला सदस्यहरुका लागि निर्वाचित जनप्रतिनिधि हुनुपर्ने छ भने तीन जना दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि महानगरपालिकाको मतदाता हुनुपर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया