ती जापानीज बालाई उनी फेरी नेपाल आउंदा, पुरानै स्वच्छ बागमती देखाउन पाउॅं !

शशी के.सी २०७९ जेठ ११ गते ९:३९ मा प्रकाशित

कुरा आजभन्दा दुई दशक अगाडीको हो। छोराको स्कुलमा एकजना जापानिज महिला, छोराको साथीको आमा सॅंग चिनजान हुने क्रममा कुरा हुंदा “म नेपालबाट आएको” भने । ओहो, नेपाल ! मेरो बुबा पनि सन् १९७५-७८ सम्म नेपालबस्नु भएको थियो भन्दै छेउमा उभिनु भएको जापानीज बुढा मान्छेलाई देखाईन। ती बुबाले “नमस्ते” भनेर दुई हात जोड्नुभयो।कुरा गर्दै जांदा, उॅंहाले त्योबेलाको नेपाल, अझ काठमाडौंको बयान गर्दा म त आफ्नो बाल्यकालमा नै पुगे जस्तोभएं।

नेपालीले बर्षौंदेखि विदेशीलाई नेपाल चिनाउने भनेको बुद्ध जन्मेको देश र संसारको अग्लो हिमाल “सगरमाथा” नेपालदेशमा पर्छ भनेर त हो। अनि विदेशी अझ जापानीजहरू नेपाल आउने भनेको की लुम्बिनी बुद्धको जन्मस्थल हेर्न, कीसगरमाथा चढ्न । उॅंहा चाहीं जापानीज सरकारको सहयोग बिस्तार गर्ने क्रममा नेपालमा “जाईका” संस्थाको नॅंया अफिसबिस्तार गर्न जानु भएको रहेछ।

ती जापानीज बाले बयान गरे जस्तै त्यो बेला पशुपतिनाथ मन्दिर छेउ बग्ने स्वच्छ बागमती मा मान्छे नुहाउने गर्थे। बाटोमागाडी भन्दा हिंडने र साईकल चढ्ने धेरै हुन्थे। काठमाडौंका ठाउॅं ठाउॅंमा रहेका पुराना कलाकृतीले कुदिंएका ढुंगे धारामागाग्रीमा पानी थाप्ने, नुहाउने, लुगा धुनेहरूको घुईंचो हुन्थ्यो ।

मलाई याद भएसम्म पुष, माघ महिना स्वस्थानी भन्ने ताका टोलका आमा, हजुरआमाहरू गौरीघाट नुहाएर माथिकिंरातेश्वर महादेव दर्शन गर्न जानु हुन्थ्यो। कहिलेकाहीं स- साना बच्चाहरू घरमा हेर्ने कोही नभएर बोकेर पनिलग्नुहुन्थ्यो। हामीलाई पनि कति पटक लिएर जानु भएको थियो।

त्यस्तै बागमती नदी सिनामंगलतिर आमाबुबालाई थाहा नदिई हाम्रो बानेश्वर टोलका दाईभाईहरू पौडी खेल्न जान्थे। घरमापछि लुगामा बालुवा भेट्टिंदा गाली खान्थे। गौशालाको पुलबाट बाग्मती नदीमा माछा मार्न बस्नेको लहरै लाईन हुन्थ्यो ।माछा पनि ठुल्ठुला पो हुन्थे त।

अझ केटाकेटी हुंदा पशुपतिनाथको पूर्व किनारामा रहेको कलीको मुर्तीलाई बाग्मती नदीबाट पानी उघाएर कति पटकचढाईयो। त्यो मुर्ती पुरै निक्लेमा कलियुग लाग्छ भनेको सुनेको, हेर्न पनि डर लाग्थ्यो। त्यस्तै संसार त्यागेपछि बाग्मतीकिनारको ब्रम्ह नालमा लाश राखेर, त्यसमा बाग्मतीको पानी चढाएर ईष्ठमित्रले अंन्तिम दर्शन गर्थे।

पशुपतिनाथ मन्दिरको मुख्य मुर्तीलाई प्रत्येक दिन बिहान ९ बजेतिर पूर्वको गेटबाट तल बागमतीको पानी ब्राम्हणहरूले गाग्रीबाट लेराएर नुहाउने गर्थे ।

यसरी बागमती नदीको बयान गर्दा लाग्छ होला कुन बागमती भन्या होला । हो पनि, ओहो अहिले त ढल बग्छ नदीमा र बागमती त ढलमतीमा परिणत भई सकिन। ढल बग्ने बागमती नदी देखेकालाई के थाहा बागमतीमा कुनैबेला संग्लो पानी पनि बग्थ्यो भन्ने।

संसारभर कुनै पनि समयको मानव सभ्यताको बारेमा अध्ययन गर्दा पानीको मुहान, नदीको किनारा तिर नै बस्ती बसेकोदेखिन्छ। जंगली युगमा पनि शिकार गर्दै, पानी खोज्दै हिंडथे। हामी स्कुल पढ्दा, अहिले जस्तो डिजिटल संसार थिएन्।सबै ज्ञान किताबबाट पाईन्थ्यो। विश्व ईतिहास पढ्दा “नाईल घाटीको सभ्यता” पढ्नु पर्र्थ्यो। संसारको सबैभन्दा लामोनदीको किनारामा कसरी बस्ती बस्यो पढ्दा नै त्यॅंहा पुगे जस्तो भान हुन्थ्यो । अहिले गुगल गरेर फोटो, भीडियो हेर्दा झन्रमाईलो लाग्छ।

बागमती नदी , शिवपुरी डांडाबाट शुरू भएर सुन्दरीजल, गोकर्ण, पशुपतिनाथ मन्दिर हुंदै, बग्दै गएर चोभारको गल्छीबाटकाठमाडौं उपत्यका छोडेर नेपालको तराई झर्दै भारतसम्म पुगेको छ। यो नदीको बारेमा पौराणिक हिन्दु ग्रन्थ ,बुद्ध ग्रन्थ देखि किंरात धार्मिक ग्रन्थमा समेत उल्लेख छ। संसारभरका हिन्दु धर्म मान्नेहरूको मर्नु अगाडी एक पटक नेपाल , काठमाडौंमा रहेको बागमती नदीमा स्नान गरेर पशुपतिनाथ मन्दिरको दर्शन गर्ने चाहाना हुन्छ । जसरी हिन्दु नेपाली भारतको गंगामा स्नान गर्न चाहान्छौं ।

अहिले नुहाउने त कुरै छोडौं। ढलको पानी छुन सम्म हुन्न। त्यस्तो पवित्र बागमतीलाई खै कहिले हामीले यस्तो ढलमतीमा परिणत गरिदियौं सोच्नै सकिन्न।

हुन त “बागमती सफाई अभियान” भनेर बिभिन्न संघसंस्थाले सफाई कार्यक्रम गरेर अरबौं रूपैंया बर्षै पिच्छे खर्च नगरेको तहैन । तर रिजल्ट “हातमा लाग्यो शुन्य” बराबर छ। बाग्मतीमा फोहोर जस्ताको तस्तै छ।

बागमती फोहोर हुनुको मुख्य कारण काठमाडौंको ढल मिसाईनु हो। जति जति काठमाडौंमा बस्ती बढ्दै गयो। त्यति नै बागमतीमा ढल बग्न थाल्यो। आफु काठमाडौंमा जन्मे, हुर्केकोले मलाई याद भए सम्म हामी सानो हुंदा नॅंया घर बनाउनुअगाडी सबैले सेफ्टी ट्यांकी खन्थे। ट्वाईलेटको पानी सिधै सेफ्टी ट्यांकीमा जान्थ्यो। सेफ्टी ट्यांकी भरियो भने सफा गर्ने ट्रक आएर सफा गर्थे ।

पछि त बिस्तारै काठमाडौंमा घरहरू बढे। खेत सबै घरमा बदलिए । एक त काठमाडौंको जग्गाको भाउ महंगो, अनि जो काठमाडौं छिरे, सबैलाई जग्गा र घर नबनाई नहुने समाजलाई देखाउन पनि । स-साना ३-४ आनाका टुक्रामा घर बनाउनुपर्ने बाध्यता, कस्ले, कता खन्ने सेफ्टी ट्याकीं । पुराना भएका सेफ्टी ट्याकीं पनि धमाधम सबैले पुरे। आजकल त क्यासजिलो भयो।सबै घरबाट निक्लने पानी, फोहोर सिधै सार्वजनिक ढलमा मिसाईन्छ र त्यो ढल बाग्मतीमा बग्छ ।

सबैलाई थाहा छ यसरी नदीमा ढल बगाईनु गलत हो । तर बग्ने क्रम जारी छ। के अब बाग्मती नदीमा सधैं ढल नै बग्ने हो त! के नॅंया पुस्ताले कहिले पनि सफा पानी बगेको बाग्मती देख्न नपाउने हुन त ?

परिवर्तन गर्न चाहे नहुने केही छैन । समय लाग्ला तर गर्न सकिन्छ । “बाग्मती सफाई अभियान” भन्दै पशुपतिनाथवरीपरीमात्र सफा गरे जस्तो गर्ने नाटक सबैले बन्द गरौं। अझ अरबौं रूपैंया सरकारी ढुकुटीबाट खर्च गरिदै आएको छ। त्योपुरै बन्द गरौं। समस्याको जड ढल हो र तेसको समाधानतिर लाग्नु पर्छ। बरू सफाईमा गरिने खर्चलाई ढल, फोहोरप्रशोधन गर्ने ठाउॅं बनाउनमा खर्च गरौं। काठमाडौंमा सरकारी जग्गा जताततै खाली छ । ती जग्गामा यस्ता प्रशोधन केन्द्रबनाउन सकिन्छ।

संसारको बिभिन्न देशहरूमा जॅंहा पानीको अभाब छ । तेस्ता देशमा ढलको पानीलाई बिभिन्न किसिमले प्रशोधन गरेर खानयोग्य बनाईन्छ। काठमाडौंमा ठुलो मात्रामा गर्न नसकिए पनि स-साना प्रशोधन केन्द्र बनाएर बाग्मतीमा बग्ने ढलकोपानीलाई कमसेकम सरसफाई र तरकारी बारीमा प्रयोग गर्न सक्नेसम्म बनाउन त सकिएला की !

नेपालमा बस्नेमात्र नेपाली हैनन् । अहिले संसारका बिभिन्न देशमा नेपाली बसोबास गर्छन् । कागजमा त नेपाली नहोलान्तर मनले त नेपाली नै हुन्। बिभिन्न समयमा, बिभिन्न साम, दाम, दण्ड, भेद अपनाएर नेपाली नागरिकता त्यागे वा त्याग्नेक्रममा रहे पनि “मातृभुमि” सबैको नेपाल नै हो । हो ती विदेशी भई सकेका नेपालीले सांच्चै नेपाललाई माया गर्छन भनेदिनरात सोसल मिडिया, युट्युब आदीमा कथा, कविता लेख्दै, नेपालका नेतालाई गाली गर्ने, खिस्सी गर्ने र उनीहरूले गरेकोकार्य लाजमर्दो भयो भन्दै लेख्न छोड्दा हुन्छ।

मन देखि नै नेपाल देश, मातृभुमि सांच्चै राम्रो भएको देख्न चाहन्छौ भने नेपाल नै जानु पर्छ भन्ने छैन । विदेशमा बसेर पनिआफुले जानेको सीप, तालिम, पढाई, पैसा आदीबाट सहयोग गर्न सकिन्छ। विदेशमा आफुले गरिरहेको काम रअनुभवलाई बिभिन्न जुम मिटिगं, अनलाईन मिटिंग आदीको माध्यमले नेपालसम्म पुर्र्याउन सकिन्छ । सबैले नेपाल बनाउनजसरी सकिन्छ सहयोग गरौं।

यतिखेर नेपालमा धमाधम स्थानिय चुनावको परिणाम आउॅंदैछ। यो पटकको बिभिन्न ठाउंको परिणाम हेर्दा नेपालीले“हाम्रालाई भन्दा राम्रालाई वा राम्रो काम गर्नेलाई “ भोट हालेको देखिंदैछ । काठमाडौं, जॅंहा बाग्मती नदी छ त्यंहा पनिकेही दिनमा नै नॅंया मेयर आउन लाग्दैछन् । यो पटक मेयरका स्वतन्त्र युवा उम्मेदवार बालेन साहलाई काठमाडौंबासीलेज्यादा भोट हालेका छन् । भोट गनिरहॅंदा लगभग उनको जीत पक्का देखिन्छ। उनीबाट काठमाडौं मात्र हैन की सारानेपालीले निक्कै ठुलो आशा राखेका छन् । आशा निराशामा परिणत नहोस् । शुभकामना !

अन्त्यमा, मेरो पनि उनबाट एउटा आशा “दुई दशक अगाडी भेटिएका ती जापानीज बालाई उनी फेरी नेपाल आउंदा, उनलेदेखेको पुरानै स्वच्छ बाग्मती देखाउन पाउॅं !”

 

-शशी के. सी

शशी के.सी

लेखिका

प्रतिक्रिया