विराटनगर ९ जेठ।मोरङको कटहरी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष देवराज राजवंशीले आज पालिकाको नव निर्वाचित वडाअध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनु भयो।
सो अवसरमा उहाँले पालिकाका उपाध्यक्ष सीतादेवी राजवंशी, सात वडा अध्यक्ष सहित ३६ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो।
समारोहमा प्रदेश सभा सदस्यहरु विद्यानन्द चौधरी र कल्पना सरदारले जनताको कामकारवाही सहज रुपमा गर्न सम्पूर्ण जनप्रतिनिधिहरु एक आपसमा हातेमालो गरी अगाडि वढ्नु पर्ने बताउनु भयो।
पालिका अध्यक्ष चौधरीले शिक्षा,स्वास्थ्य र गरीव निवारणमामा अल्पमत र वहुमत नभनी नङ्ग र मासु जस्तो सम्वन्ध कायम गरी कार्य गर्ने धारणा राख्नु भयो।
सोही अवसरमा अध्यक्ष चौधरीले आज पदभार ग्रहण गर्दै कटहरी–६ स्थित थलाहामा बर्थिङ्ग सेन्टरमा आगामी साउन १ गतेदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने पहिलो निर्णय पुस्तिकामा हस्ताक्षर गर्नु भयो।
प्रतिक्रिया