जेलेन्स्कीले डाभोस सम्बोधनमा रूस विरुद्ध “अधिकतम” प्रतिबन्धहरूको लागि आह्वान गरे । विश्वव्यापी समुदायले रूस विरुद्ध “अधिकतम” प्रतिबन्धहरू पूर्ण तेल प्रतिबन्ध सहित लगाउनै पर्छ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मन्चलाई अङ्कियदृश्य (भिडियो) मार्फत सम्बोधनको क्रममा आग्रह गरे । उक्त सम्मेलन अहिले पनि संचालन भै रहेको छ।
अन्तर्राष्ट्रिय समुदाय प्रतिबन्धहरू रोकथामका रूपमा प्रयोग गर्न तयार हुनुपर्छ, प्रतिक्रिया दिन मात्र होइन” भविष्यमा हुने धम्कीहरूको लागि उनले उपस्थित विश्व र व्यापारिक नेताहरूलाई भने।
यदि यी प्रतिबन्धहरू पहिलो स्थानमा भएको भए रूसले युक्रेनमा आक्रमण गर्न सक्षम हुने थिएन । उनले रूसी बैंकहरूमा पूर्ण प्रतिबन्ध र व्यापार पूर्ण रूपमा रोक्न आह्वान गरे।
आक्रमणकारीले आफ्नो कार्यको तत्काल नतिजा थाहा पाउनेछ र “हामीले प्रतिबन्धहरूको लागि उदाहरण स्थापित गर्नुपर्छ,” उनले भने । उनले परोक्ष(भर्चुअल)माध्यमबाट सम्बोधन गरेका हुन् ।
बिश्व आर्थिक मन्च (वर्ल्ड इकोनोमिक फोरम) स्विट्जरल्याण्डको जेनेभाको कोलोनी, क्यान्टनमा रहेको एउटा अन्तर्राष्ट्रिय गैर-सरकारी र पक्षमा जनमत तयार गर्ने (लबिङ )संस्था हो।
प्रतिक्रिया