सम्भावना उदाऊंदो छ !

सुशील नेपाल २०७९ जेठ ९ गते ०:२६ मा प्रकाशित

यसपालीको पालिका चुनावले नेपालमा थुप्रै भ्रमका किल्लाहरू भत्काएको छ। युवाहरूमा विकसित भएको मानसिक उर्जाले चौतर्फी विकासका सम्भावनाहरू जन्माएको छ। आजको नेपाल त्यो नेपाल रहेन जो मानिसले मानिसलाइ झोला बोकाएर,पछि लगाएर हात जोडदै हिडनु पर्ने हुन्थ्यो ।

मान्छेले आफूलाइ कुन प्रकारले प्रयोग गरिराखिएको छ भन्ने कुरा वुझ्न थालेका छन् । परिवर्तित समय संगै संसार खुम्चिएर एउटा वृहत टोलमा परिणत भएको बेला छ। काठमाण्डौंमा बसौं या लण्डन, पेरिस,जुरिच जहां भए पनि सामाजिक संजालको सम्पर्कले कुनै कुरामा पनि अब त्यो कौतुहलता रहेन, जुन आज भन्दा १५/२० वर्ष अघिसम्म हुने गर्थ्यो । यता १५ /२०बर्ष देखि प्रिविधिले मारेको फडकोले नेपालमा चौतर्फी बिकास गर्न सकिने सम्भावनाका अनन्य ढोकाहरू खुलेका छन् । खास गरि युवाहरूमा जोश,जांगर,सलवलाएर उठेको छ । अव नेताहरूले सजिलै वेवकुफ वनाएर देश लुटन गाह्रो पर्छ । तर बालेन्द्र जस्तै युवाहरू शिक्षित भएर नेतृत्वमा आएर देश निर्माणको जिम्मेवारी लिनु पर्दछ ।

हालै मैले एक परिचित पत्रकार किशोर नेपालले दिएको एउटा घटिया अन्तरवार्ता हेरें । त्यसमा उनले हालको विजयोन्मुख काठमाण्डौमा मेयरका प्रत्यासी युवा बालेन्द्र माथि जातिगत लांच्छना लगाएर नेपाली नेपाली बीच विभाजन गर्ने खालको विष गमन गरेको पाए ।वास्तवमा किशोर नेपालको जति राम्रो कलम चल्छ, त्यत्तिनै घटिया मान्छे रहेछन् भन्ने वुझ्न गाह्रो भएन । उनी आफै पंचायतकाल देखि नै भारतको जासुसी गर्दै हिंडेको कुरा कसैवाट लुकेको छैन । मरीचमानको पालामा अफिस अफिस धाइ यति रकम देऊ नभए फसाई दिन्छु भनेर हाकिमहरूलाई व्ल्याकमेल गरेको कुरा उतिवेलै छापामा आएकै हो ।

पछि कान्तिपूरका स्तम्भकार सौरभले किशोर नेपालले नगेन्द्र प्रसाद रिजाल प्रधानमंन्त्री भएको बेला निजका छोरा राजेन्द्र रिजालको चाकडी बजाएर नेपाल टेलिभिजन लगाएतका संस्थानहरूमा रकम असुल्ने गरेको कुरा हामीले उहिल्यै पढेकै हो । पछि ०४६ साल पछि कहिले कृष्णप्रसाद भट्टराइ पट्टी कहिले गिरिजाप्रसाद पट्टी लागेर अनेक प्रकारले आफ्नो नैतिक पतन गराउंदै वौद्धिक बेश्यावृति गर्दै हिडेको कुरा नेपाली संचारको जानकार जो कोहीलाइ पनि थाहै छ ।

यस्तो आफू नैतिक रूपमा पतन भइसकेका पत्रकारले उदयिमान नेपाली युवालाइ तथानाम भन्दा कसैले उनलाई ” तिमी झिल्टुंगका टपरेजैशी त हौ नि “भनिदिंदा उन्लाइ कत्तिको चोट लाग्ला ?

हो, अरूतिर एउटा औंला तेर्साउंदा चारओटा औंला आफै तिर फर्केको हुन्छ भनेर वुझ्नु जरूरी हुन्छ ।

अहिलेको नेपालमा दशकौं अघिका सडे गलेका केशव स्थापितले कुरा गरे जस्तो नेपाल होईन । कुनै धर्म, जाती रंड्ग या वर्णले विभाजित हुनेबाला नेपाल होईन । नेपालीहरूले थोरै समयमा धेरै काम गर्नु पर्ने भएको छ । लाछी फोहरीहरूले बर्षो देखि थुपारेर राखेका कुसंस्कारहरूलाइ प्रविधिको कुचोले सरक्क वढाएर एउटा अन्तरराष्टिय स्तरको हेर्ने लाएकको शहर वनाऊनु पर्ने भएको छ ।

नेपाल,खासगरि काठमाण्डौमा यहांका परम्परावादी आदिकाल देखि बसिआएका नेवार समुदायको आफ्नो छुट्टै सांस्कृतिक पहिचान छ। धर्म संस्कृति र रहन सहनको विशिट्ट परम्परालाई हेर्न संसार भरीबाट पर्यटकहरू आउने शहरमा काठमाण्डौं पर्छ ।

अव राजनीतिका लागि राजनीति गर्ने बेला गयो । अबको बदलिंएको अन्तरराष्ट्रिय प्रतिस्पर्धाको अवस्थामा हामीले भाग्यबादी सोच त्यागी कर्मबादी सोचले प्रस्तिस्थापन गर्ने बेला आएको छ,अव चुनौतीलाई अवसर ठानेर अघि बढनु पर्छ ।

अचेल माइतीघर मण्डेलामा एक युवती माथि भएको यौंन शोषणको बिरोधमा जम्मा भएको युवाहरूको जमातले पनि बदलिंदो नेपालको तस्वीर प्रष्ट्र पारेको छ । जुझारू युवाहरू जागरूक भएका छन् । आफ्नो हक हितको लागि लडन जानेका छन् । कुनै पनि हालतमा कुनै किसिमको पनि सम्झौंता गरेर आफू शारिरिक या मानसिकरूपमा अपमानित हुनु हुंदैन भन्ने कुरो बुझि सकेका युवा जमातलाइ अन्तरराष्टिय नैतिक सहयोग पनि प्राप्त हुन्छ । हामी संसारभरि छरिएर रहेका नेपाली एक हौं । नेपाल भित्र होस या बाहिर, एक पटकको नेपाली सधैंको नेपाली हुन्छ ।

अहिले नेपाल भित्रको बदलिएको बर्तमान परिस्थितिमा प्रचुर सम्भावनाको सुर्योदय भएको छ । नयाँ नेपालको निर्माणमा हामी सवै नेपाली एकजुट भइ राष्ट्र निर्माणको पुनित कार्यमा लाग्नु पर्ने सुनौलो अवसर तिर नेपाल दृतगतिले अग्रसर हुंदैछ ।समयले हामीलाई साथ दिएको छ र थुप्रै सम्भावनाहरू उदाऊंदो छ !

५/२१/२२

राजमित्र प्रांगण,

माल्डेन,बोस्टन

अमेरिका,

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया