बालगीत

– अरुणबहादुर खत्री ‘नदी’ २०७९ जेठ ८ गते २३:४० मा प्रकाशित

ज्ञान दिने किताबलाई गाता हाली जतन गरौं
साथीसित मिलीजुली ध्यान दिई पढ्ने गरौं ।

जथाभावी केरकार गर्नुहुन्न किताबमा
जतन गरी सधैँँ झोलामा बोक्ने गरौं ।

असम्भव केही छैन गरेदेखि दुनियाँमा
भविष्यमा आफू पनि किताब लेख्न सक्ने बनौ ।

किताबले दिन्छ नूतन बिचार बृहत् ज्ञान
त्यसैले पुस्तक नै हो ज्ञानको मूल मुहान ।

– अरुणबहादुर खत्री ‘नदी’

प्रतिक्रिया