म शिला–कोपिला हूँ म,आमाको हूँ नयाँ कला
मेरो भन्नु सबै आमा विपनामा चढूँ तला
उही तला,तला नाघ्दै चन्द्रविम्ब समाउँछु
लत्रिन्न मनको तला सिङ्गो आकाश चुम्दछु
थोपा थोपा सँगालेर महासागर बन्दछ
दाहीने हातमा हुन्छ लक्ष्मीको दिव्य जागर
आमाका सपना जम्मै विपना भै खुली रहुन्
म यही कामना गर्छु गीतामा सब अल्झियुन्
म हैन जो कलाकार कलाकै रुप पाउँछु
आमाको दुधमा दिव्य शक्ति आर्जन गर्दछु
जीवन्त भै रहे आमा सिङ्गै धर्ती रहेतक
चिनून् यी वसुधा चेली सूर्य–चन्द्र रहेतक
हिमाल हौ तिमी आमा फाँटमा जल हुन्छु म
बिहानीका तिमी घाम फूलको वासना वन
दुःख कैले हँुदै हुन्न आमा हाँसी रहेतक
सुखकी रचना आमा म आफैँ छु सचेतक
अहा कोख सुहाएको हिम्चुली काख झैँ गरी
मेरो यो मुटुमा हाँस्ने फूलजस्तै सधैँभरी
आँखामा ममता बोल्छ मन यो सङ्गलिएपछि
कदापि सत्य भेटिन्न आमा शान्त भएपछि
-शब्द:शिला पन्त
प्रतिक्रिया