मेरि प्रियसि मैले………………………………….

गोबिन्द राज ओझा (साजन) २०७९ जेठ ८ गते १०:४६ मा प्रकाशित

मेरि प्रियसि मैले तिमि सँग बाचा गरौला

जुनि जुनि सयौ जुनि सँगै बाच्ने कसम खाउला

जिन्दगि हर क्षण तिम्रो साथमा बाचौला

मेरे प्रियसि सधै तिम्रो साथमा बसौला

जिन्दगिमा खुसि मिल्यो प्रियसि सँगको भेटमा

यो जिन्दगि मेरि प्रियसिको लागि साचौला

हर घडि मेरा यादहरु सबै उनको लागि

मेरा जिन्दगिको खुसिहरु केवल उनको लागि

मेरा जिन्दगिका सुख दु:ख उनको लागि

मैले नाता जोडे केवल उनको लागि

 

जन्म जन्म सयौ जन्मको नाता उनको लागि

जन्म जन्म सयौ जन्म साथ दिन्छु उनको लागि

 

गोबिन्द राज ओझा (साजन)

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

प्रतिक्रिया