काठमाडौंमा बसन्त श्रेष्ठको “अंगालो भरिको अनुभूति “ भव्यतापूर्वक विमोचन

इनेप्लिज २०७९ जेठ ८ गते ३:२७ मा प्रकाशित

काठमाडौँ जेठ ७गते,
अमेरिकावासी विविध नेपाली साहित्यकारका कृतिहरू केही समय यता विमोचन भइरहेका छन् ! यसैक्रममा अमेरिकालाई विगत २८ बर्षदेखि कर्मभूमि वनाएका कवि बसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह “अँगालो भरिको अनुभूति’” काठमाडौंमा एक समारोहका वीच कवि तथा लोक संस्कृतिविद् तुलसी दिवसले उक्त पुस्तकको विमोचन गर्दै कृतिकारले सो कृतिमा आफ्नो जीवनको भोगाईको माध्यमवाट समयको एक काल खण्ड र परदेशी भूमिको यथार्थता ईमान्दारिपूर्वक प्रस्तुत गरेको बताए ।कवि वसन्तका गद्यमा कविताको महक र अमेरिकाका भोगाइहरू स्पस्ट संग आएको उनको कथन थियो !

विमोचित कृति र कृतिकारको विषयमा बोल्दै विगत १८ बर्षदेखि अमेरिकालाई कर्मभूमि वनाएका सकृय साहित्यकार गोविन्द गिरी प्रेणाले अमेरिकामा कृतिकार सॅगको सहकार्यको सम्झना गर्दै सो कृतिले कसरी पुस्तकारको रूप लियो सो वताए।कवि वसन्तले प्रस्तुत कृतिमा उनको भोगाई र अनुभूति लेखे पनि अमेरिकाका धेरै नेपालीको कथा व्यथाको झल्को पाइने उनको मत थियो ।

कार्यक्रममा विमोचित कृतिका कृतिकार वसन्त श्रेष्ठले लेखकीय धारणा प्रस्तुत गर्दै लेखनको क्रममा सहयोग गर्ने तथा प्रकाशनमा सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

 

प्रकाशकको तर्फबाट साहित्यपोष्ट डटकमका प्रधान सम्पादक अश्विनी कोइरालाले प्रकाशन सन्दर्भको वारेमा वोलेका थिए !

यस अघि ४ वटा कविता संग्रह प्रकाशित गरिसकेका वसन्त श्रेष्ठको यो पहिलो गद्य कृति हो।उनी डिसी मेट्रो क्षेत्रको साहित्यिकगतिविधिमा सकृय छन् ।

 

प्रतिक्रिया