अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।आगामी कार्यसमिति २०२२-२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ८ मे , २०२२, शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।समितिको प्रमुख निर्वाचन आयुक्तमा विजयराज भट्टराई तथा निर्वाचन आयुक्तहरूमा तीर्थ पाण्डे, ,पुष्पा खनाल,कुमारबाबु सिम्खडा ,डा. मुकुन्द बाग्ले पथिक सदस्य रहेका छन्।अनेसासको विधानानुसार प्रत्येक दुई-दुई बर्षको जुन १० बाट निर्वाचन प्रक्रिया सुरु भएर जुलाई १० सम्ममा अन्तिम नतिजा प्रकाशन गरिसक्नु पर्ने हुन्छ।
प्रतिक्रिया