नेपालको अर्थव्यवस्था कृषि तथा रेमिट्यान्समा आधारित छ । बहुसंख्यक नागरिकहरू ग्रामीण क्षेत्रमै बसोबास गर्दछन् । नेपालको समग्र विकासलाई हेर्दा सामान्य विकासको क्रमबाहेक यसले गति लिन सकेको छैन । यो परिस्थितिमा ग्रामीण विकासलाई अध्ययन गर्दा केही क्षेत्र विशेष र केही शहरहरूमा बाहेक ग्रामीण क्षेत्रमा प्रायः नगन्य मात्रामा विकास भएको पाइन्छ ।
यस सन्दर्भमा कुन कुन सरकार, पार्टी, समूह, विकासे संघसंस्थाहरू, सहयोगी निकाय, दात्रीराष्ट्रहरूको संलग्नता भयो, के कति उपलब्धीमूलक कामहरू भए के कस्ता कामहरू हुन सकेनन् भन्नेतर्फ म यो छोटो लेखमार्फत् चर्चा परिचर्चा गर्न चाहँदैन । यी विषयहरूमा सम्पूर्ण देश प्रेमी (देश भित्र, बाहिर रहने) नागरिकहरूले नै मूल्यांकन तथा महशुस गरिरहेकै विषय हो।
यसरी जनअपेक्षित रूपमा विकासले गति लिन नसक्नुका पछाडि केही मूलभूत तथ्यहरूलाई उल्लेख गर्नुपर्दा, अस्थिर सरकार, भौगोलिक विकट अवस्था, व्यापक भ्रष्टचार, सरकारका कमजोर नीति तथा कार्यक्रमहरू, कमजोर कार्यान्वयन पक्ष, नेतृत्वतहमा रहने व्यक्तिहरूमा निहित व्यक्तिगत, राजनैतिक, पार्टीगत, गुटगत स्वार्थ त्यस्तै सत्ता, शक्ति र कुर्सी प्रतिको मोह र कर्मचारीतन्त्र, न्यायिक क्षेत्रमा व्यापक राजनीतिकरण तथा हस्तक्षेपको कारणले गर्दा देशको समग्र विकासमा अवरोध पुग्न गएको छ ।
त्यसमा थप प्राकृतिक प्रकोप जस्तैभूकम्प, बाढीपहिरो, महामारी रोग जस्ता प्रकोपले र तत्कालै केही विकसित राष्ट्रहरू युक्रेन र रुसको युद्ध अर्थात शक्ति प्रदर्शनको कारणले गर्दा नेपालजस्तो विकासोन्मुख देशमा बढी नै प्रभाव परेको कुरा सर्वविधितै छ ।
नेपालको समग्र विकासलाई हेर्दा सामान्य विकासको क्रमबाहेक यसले गति लिन सकेको छैन ।
यो परिस्थितिमा हरेक नागरिक (स्वदेश वा विदेशमा रहने) सरकार, राजनैतिक पार्टी, समूहहरू, सामाजिक अभियन्ता, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज संघसंस्थाहरूले आ–आफ्नो कर्तव्य र जिम्मेवारीहरू समुचित ढङ्गले पालना गर्नुपर्ने देखिन्छ ।
प्रत्येक व्यक्तिहरूमा सकारात्मक भावना जागृत गराउँदै आ–आफ्नो योग्यता, क्षमता, अनुभव, सीप, ज्ञान र विवेकलाई समग्र देश विकासमा लगाउनुपर्नेदेखिन्छ । देशको विकास भन्ने कुरा सरकारले, कुनै एक पक्षले मात्र सम्भव हुने कुरा होइन । यसमा हरेक सचेत, चेतनशील नागरिकको अहम्भूमिका हुनुपर्दछ । हरेक विषयलाई नकारात्मक रूपमा टीका टिप्पणी गर्ने, विश्लेषण गर्नेमात्र नभई सकारात्मक भावना तथा सोचको विकास गर्दै आफ्नो कर्तव्यलाई पालना
गर्नुपर्ने हुन्छ । आफ्ना अधिकारहरूलाई सुनिश्चित गर्नुभन्दा पहिले आफ्नो कर्तव्यलाई पालना गर्नुपर्ने हुन्छ । जसरी हामीहरूले सजिलैसँग त्यो कुरा ठिक छैन, भएन, गरेनन भन्नुभन्दा पहिले के गर्दा, ठिक होला, ‘म’ ‘हामी’ के के गर्न सक्छौँ भन्ने सोचको विकास हुनु त्यत्तिकै आवश्यक छ ।
नागरिकहरूले ग्रामीण विकासलाई कसरी बुझेका छन् वर्तमान अवस्था के छ भन्ने विषयमा आफ्नो केही तथ्यहरू एवं धारणाहरू राख्न चाहन्छु। विकास’ शब्द आफैँमा वृहत छ । यसलाई विभिन्न ढंगले बुझ्न, बुझाउन र परिभाषित गर्न सकिन्छ । खासगरी यस सन्दर्भमा मैले यो छोटो लेख मार्फत्आर्थिक विकास अन्तर्गत ग्रामीण विकासलाई लक्षित गरेर केही आफ्ना विचारहरू राख्न कोशिस गरेको छु।
म यो छोटो लेखमा तथ्यांकमा आधारित नभई केही समग्रतामा गएर तथ्य र धारणाहरू प्रस्तुत गर्न गैरहेको छु। नेपालको राजधानी लगायत केही मुख्य मुख्य सहरहरूमा भन्दा बहुसंख्यक नागरिकहरू ग्रामीण क्षेत्रमै बसोबास गर्ने गरेको कुरा प्रष्ट छ । जबसम्म ग्रामीण विकास अर्थात्ग्रामीण क्षेत्रमा रहने नागरिककोजीवनस्तरमा सुधार तथा विकास हुँदैन तबसम्म समग्र देश विकास भएको मान्य हुँदैन ।
विकासका लागि प्राकृतिक स्रोत तथा साधन र मानवीय श्रमशक्ति सबभन्दा महत्वपूर्ण आधार हुन्छ जब सम्म यि आधारको उच्चतम परिचालन गरी उत्पादनको क्षेत्रमा उपयोग हुँदैन तवसम्म आर्थिक उन्नति र प्रगतिको परिकल्पना समेत गर्न सकिंदैन ।
खासगरी ग्रामीण क्षेत्रमा विद्यमान प्राकृतिक स्रोत साधनको परिचालनमा कमी, मानव स्रोत साधन क्रमशः बढ्दो विदेशिने क्रम जारी, परम्परागत कृषि तथा पशुपंक्षी पालन व्यवस्था, स्थानीयस्तरका घरेलु उद्योग धन्धामा कमी, स्थानीयस्तरमा सीपमूलक, व्यवसायमूलक तालिमको अभाव, जनचेतनाको कमी, व्यवसायीकरण सम्बन्धी सोचमा कमी, झन्झटिलो प्रशासनिक सयन्त्रण, स्थानीय सरकारको कमजोर योजना तथा कार्यक्रम जस्ता कमीकमजोरीका कारणले गर्दा बढ्दो गरिबी र पछौटेपना टट्कारो रूपमा देखा पर्दे गैरहेको छ ।
जबसम्म ग्रामीण विकास अर्थात्ग्रामीण क्षेत्रमा रहने नागरिककोजीवनस्तरमा सुधार तथा विकास हुँदैन तबसम्म समग्र देश विकास भएको मान्य हुँदैन ।
त्यस्तै ग्रामीण विकासको बाधकको रूपमा गाउँगाउँबाट शहरतर्फ शहरबाट विदेशतर्फ स्थायी, अस्थायी बसाइसराईको गतिमा तिब्रता, अनियन्त्रित महंगाई, दैनिक अत्यावश्यकीय वस्तुहरू निर्यात गर्नुको सट्टा आयात÷खरिद गर्नुपर्ने अवस्था, बढ्दो बेरोजगारिता जस्ता समस्याको कारणबाट नागरिकले आफ्नो सामान्य दैनिक खर्च, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार गर्न नसक्ने अवस्था सृजना भएपछि विदेशमा रोजगारीको लागि भौँतारिनु पर्ने, परिवारका सदस्यहरूसँग विछोड हुनुपर्नेजस्ता अति नै संवेदनशील अवस्थाबाट ग्रामीण जीवन अस्तव्यस्त हुन पुगेको छ ।
यस्तो भयावह अवस्थालाई समाधान गर्नको लागि सामान्य नागरिकदेखि स्थानीय सरकारसम्म गम्भीर भएर योजना तथा आय आर्जनको कार्यक्रमहरू स्थानीयस्तरमा व्यापक रूपमा संचालन गनुपर्ने देखिन्छ । त्यस्तै ग्रामीण क्षेत्रमा देखा परेको कुनै पनि व्यवसायलाई आधुनिकीकरण गर्न नसक्नु अर्कोमहत्वपूर्ण कमजोर पक्ष पनि देखिन्छ । यसरी स्थानीयस्तरमा देखा परेका विविध समस्याहरूका कारणले गर्दा उत्पादनशीलतामा निकै कमी आएको छ । तसर्थ सम्पूर्ण वस्तुहरू, दैनिक अत्यावश्यकीय वस्तुदेखि लिएर इन्धन, औजारहरू, प्रविधिसमेत खरिद गर्नुपर्ने अवस्थाले गर्दा ठूलो पूँजी बाहिरीने गरेको पाइन्छ ।
जे जति कुराहरू गरे पनि पूँजीको अभावमा कुनै पनि आर्थिक विकासका गतिविधिहरूलाई संचालन गर्न सकिँदैन अर्थ बिकाशले गति लिन सक्दैन । स्थानीय सरकारले तय गर्ने बजेट तथा कार्यक्रमहरूको सन्दर्भमा केही यथार्थहरू, सर्वप्रथमतःजनताका आवश्यकता र प्राथमिकता विना नयाँ नयाँ बाटो निर्माण देखि ग्रावेल, पिच, भवन निर्माण, पार्क निर्माण, मूर्ति स्थापना, भ्यु टावर निर्माण, खेलकुद मैदानजस्ता ठूलो पूँजीको लगानीबाटमात्र सम्भव हुने भौतिक पूर्वाधारलाई प्रायः मात्र विकासको रूपमा स्थानीय निकायका आधिकारिक व्यक्तिहरूले बुझ्ने गरेको र योजना र कार्यक्रमहरूलाई केन्द्रीत गरेको पाइन्छ ।
भौतिक पूर्वाधार विकासको मेरुदण्डले यसमा दुइमत हुँदैन तर विद्यमान सिमित स्रोत र साधनलाई उच्चतम रूपमा ग्रामीण जनताको हितमा उपयोग गर्नको लागि यसलाई जनताको चाहना, आवश्यकता र प्राथमिकताको क्षेत्रमा बजेटको बाँडफाँड र क्रियाकलाप अर्थात कार्यक्रमहरूद्वारा उपयोग गरिनुपर्दछ ।
वास्तवमा विकास भनेको भौतिक पूर्वाधारमात्र हुँदैन अरु धेरै पक्षहरू हुन्छन जुन कुरा सदैव ओझेलमा परेको देखिन्छ । त्यस्तै स्थानीय स्तरको सरकार जुन पार्टीसँग सम्बन्धित अर्थात् जसको बाहुल्यता छ, त्यसैलाई मध्यनजर गरी योजना छनौट गर्ने, विकासका क्रियाकलापहरूलाई प्राथमिकता दिने जस्ता विकृतिपनि देखा परेको यथार्थता हो। जसले आफ्नो पार्टीलाई विजयी गराएको छ अर्थात भोट दिएको छ त्यस्तो समुदायमा मात्र कार्यक्रमलाई केन्द्रीत गरेको पाइन्छ ।
ग्रामीणस्तरमा आर्थिक विकासअन्गर्तत आय आर्जन गर्ने सन्दर्भमा अर्थात् गरिबी निवारण र रोजगारी सृजना गर्ने क्रियाकलपामा निकै कम ध्यान पु¥याएको देखिन्छ ।
अर्कोतर्फ कृषि प्रदान देशमा,कृषि तथा पशुपंक्षी पालन, वनजंगलको व्यवस्थापन र उपयोगितालाई नै योजनाको प्राथमिकतामा राखेको पाइँदैन । यसरी असन्तुलित रूपमा बजेटको बाँडफाँड गर्दा जुन गरिबी निवारण गर्ने तथा जनताको जीवनस्तर उकास्ने लक्ष्य पूरा हुन सक्दैन । सबभन्दा महत्वपूर्ण विषय कुनै पनि गाउँपालिका÷नगरपालिका÷महानगरपालिकामा आफ्नो क्षेत्रभित्रमा उच्च प्रविधिको प्रयोग गरी दस्तावेज तयार गरिएको देखिंदैन, यदाकता देखिन्छ तर पूर्ण र प्रष्ट आवधिक हुँदैन । जुनकुरा कुनै पनि ग्रामीण विकासको योजना छनौट गर्दा, कार्यक्रमहरू तर्जुमा गर्दा नभै नहुने सूचनाहरूको संगालो हो । जसलाई आधार मानेरमात्र योजना तथा कार्यक्रमहरू तयार पारिन्छ । जुनमा आ–आफ्नो क्षेत्रभित्र रहेका जनसङ्ख्यादेखि प्राकृतिक स्रोतसाधनहरूको समेत सम्पूर्ण सूचना संकलन गरिएको हुन्छ ।
त्यस्तै योजना छनौटदेखि मूल्याङ्कन प्रकृयासम्मका क्रियाकलाप÷कार्यक्रमहरूमा प्रत्यक्ष जन–सहभागिता जरुरी हुने गर्दछ । ठूला ठूला योजना र कार्यक्रमहरूले मात्र ग्रामीण विकासमा परिवर्तन गर्न सकिन्छ भन्ने मात्र होइन सामान्य तथा महत्वपूर्ण कुराहरूमा विशेष ध्यान पु¥याए पनि विकासमा परिवर्तन तथा सन्तुलनता ल्याउन सकिन्छ ।
यी माथिका केही तथ्यहरूलाई विश्लेषण गर्दा समग्र ग्रामीण विकास गर्नको लागि आर्थिक ग्रामिण क्षेत्रको जीवनस्तर उकास्नका लागि केही विशेष पक्षमा सुधार गर्दै जानुपर्ने देखिन्छ ।
स्थानीय सरकार सबैभन्दा महत्वपूर्ण र जिम्मेवार संस्था हो। यो संस्थामा रहने आधिकारिक पदाधिकारीहरू निस्वार्थ र निस्पक्ष हुनुका साथै आर्थिक विकास, योजना छनौट, कार्यान्वयन पक्षसँग जानकार हुन अत्यन्त जरूरी देखिन्छ । जुनसुकै पार्टीको सरकार किन नहोस्, जसमा नेतृत्व गर्ने व्यक्तिहरूमा निजी स्वार्थ, पार्टीगत स्वार्थ, समूहगत स्वार्थलाई परित्याग गरी विकासलाई राजनीतिकरण गर्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी हुन्छ । त्यस्तै जनसहभागिताको पद्धतिद्वारा समस्याको पहिचान, जनताको हित, आवश्यकता र प्राथमिकतालाई मध्यनजर राखेरमात्र योजना÷कार्यक्रम छनौट गर्ने, पारदर्शिता, मितव्ययिता हुनुपर्ने, कार्यक्रमको कार्यान्वयन पक्षलाई विशेषरूपमा प्राथमिकता दिई समयमै सम्पन्न गर्ने गराउने, बजेट बाँडफाँड गर्दा परम्परागत शैलीमा सुधार गर्दै नयाँ ढाँचा र तौरतरिका अवलम्बन गर्ने, खासगरी भौतिक पूर्वाधारलाई मात्र विकास नसम्झी जनताका जीवनस्तर वृद्धि गर्ने, आय–आर्जनका कार्यक्रमहरूलाई पनि उच्च प्राथमिकता दिँदै योजना कार्यान्वयन बजेट बाँडफाँड गर्नुपर्ने देखिन्छ ।
ठूला ठूला योजना र कार्यक्रमहरूले मात्र ग्रामीण विकासमा परिवर्तन गर्न सकिन्छ भन्ने मात्र होइन सामान्य तथा महत्वपूर्ण कुराहरूमा विशेष ध्यान पु¥याए पनि विकासमा परिवर्तन तथा सन्तुलनता ल्याउन सकिन्छ ।
साथै आर्थिक विकासका कार्यक्रमहरू संचालन गर्दा आयाततर्फ कम गर्ने र निर्यातलाई वृद्धि गर्ने, उत्पादनशील क्रियाकलाप गर्नुका साथै स्वरोजगारी, विदेशी मुद्रा आर्जन, मानव स्रोत साधन तथा प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्ने, उद्देश्यबाट कार्यक्रम संचालन गर्ने, विदेशमा रहेका नागरिकलाई कसरी स्वदेश फर्काउन सकिन्छ भन्ने मान्यताका साथ कार्यक्रम तय गर्ने, त्यस्तै विदेशमा रहेर आफ्ना नागरिकहरूले अध्ययनबाट हासिल गरेका शिक्षा, सीप,
अनुभव, प्रविधिको ज्ञानलाई उपयोगमा ल्याउने उद्देश्यका साथ कार्यक्रमहरू तय गर्नुपर्छ ।
त्यस्तै थप स्थानीय सरकारसँग सम्बन्धित निकाय बाहेक स्वदेशी वा वैदेशिक गैरसरकारी संघसंस्थाहरू, सामाजिक अभियान्ता, स्थानीयस्तरका व्यक्तिगत दाताहरूसँग समन्वयगरी आफ्नो मूल उद्देश्य र कार्यक्रममा समावेश गरी ग्रामीण विकासको आर्थिक, सामाजिक क्रियाकलाप संचालन गर्नेतर्फ सबैलाई जिम्मेवार बनाउनुपर्छ ।
नेपाल प्राकृतिक रूपमा अति नै सुन्दर देश हो जहाँ टुरिजम, एग्रो टुरिजम र अन्य विविध टुरिजम सम्बन्धित कार्यक्रमहरू संचालन गर्न सकिन्छ । स्थानीयस्तरमा स्थापना भएका वित्तीय संस्थाहरूहरू जस्तै ग्रामीण विकास बैंक, ऋण वचत संस्थाहरू लगायत विविध आर्थिक कारोवार गर्ने संघ संस्थाहरूसँग समन्वय गरी व्यापक उत्पादशील कार्यमा पूँजी परिचालन गर्नु पर्ने देखिन्छ ।
माथि उल्लेख गरेका केही तथ्यहरू, धारणहरू, यथार्थहरूबाहेक पनि धेरै विषयहरू हुन्छन्तर यस सानो लेख मार्फत चौतर्फी विकासका सम्पूर्ण पक्षलाई एकैसाथ चित्रण गर्न नसकिने भएको हुँदा यसमा प्रायः आर्थिक विकास अन्तर्गत ग्रामीण विकासलाई मात्र समेटेर केही तथ्यहरूको चर्चा गर्ने जमर्को गरेको छु । यो छोटो ग्रामीण विकासको वर्तमान अवस्थाको बारेमा लेख भए पनि विकास तथा राजनैतिक विषयसँग सम्बन्धित केही महत्वपूर्ण पक्षलाई उल्लेख गर्नुपर्ने महसुस गरेर एउटा थप विषयमा छोटो टिप्पणीलाई यसमा जोडेको छु ।
संसारको कुनै पनि देशको समग्र विकास अर्थात् आमूल परिवर्तनको लागि त्यस देशको सरकार, सरकारमा रहने पार्टीहरू, दलहरू र तत्पार्टीका नेतृत्व तहका नेताहरूकोप्रमुख जिम्मेवारी र भूमिका रहन्छ ।
संसारको कुनै पनि देशको समग्र विकास अर्थात् आमूल परिवर्तनको लागि त्यस देशको सरकार, सरकारमा रहने पार्टीहरू, दलहरू र तत्पार्टीका नेतृत्व तहका नेताहरूकोप्रमुख जिम्मेवारी र भूमिका रहन्छ त्यसैले हाम्रो देशको राजनीतिक संस्कार र प्रवृत्तिको बारेमा हामीहरूले टड्कारो रूपमा महसुस गरिरहेको विषयको सन्दर्भमा चर्चा गर्नु पर्दा नेपालका विद्यमान पार्टी र दलहरूका शिरसस्थ, अनुभवी र विभिन्न कालखण्डमा सरकारको नेतृत्व समाल्दै आएका नेताहरूको भाषा, अभिव्यक्ति र जनता समक्ष प्रस्तुत हुँदा एक अर्कालाई दोशारोपण गर्ने, नकारात्मक टिकाटिप्पणी मात्र गर्ने, कमीकमजोरीहरू मात्र औंल्याउने र व्यक्तिगत लाल्छना लगाउँदै आ–आफ्नो सम्पूर्ण सामथ्र्य लगाई अरुलाई सिद्ध्याउने खेलमा लागेको देखिन्छ ।
आ–आफ्ना कमीकमजोरीहरूलाई महसुस गरी सच्याउँदै जानुको सट्टा नकारात्मक टिकाटिप्पणी गर्दै जाने प्रवृत्तिको संस्कार बसेको छ । यो सामान्य नेताहरू बीचको राजनैतिक चरित्र हत्या मात्र नभई यस प्रकारको संस्कारले भावी पुस्ताको नेतृत्वमा समेत निकै गहिरो नकारात्मक प्रभाव पर्न जानेछ र यसैलाई निरन्तरता दिंदै गएमा गलत पद्धति र कु–संस्कारको विकास हुँदै जानुको साथै यसले राजनैतिक,सामाजिक र साँस्कृतिक संरचनालाई ध्वस्त बनाई असभ्य, विकृत अर्थात कु–संस्कारी समाजको निर्माण गर्नेछ ।
त्यसैले जनता, कार्यकर्ता र नेता सम्पूर्णले यस प्रकारको सोच, मानसिकता र प्रवृत्तिमा परिवर्तन ल्याउनु अत्यन्त आवश्यक देखिन्छ । देशको सुशासन र सुव्यवस्थाको लागि नेतृत्व तहमा रहने व्यक्तिहरूमा नैतिकता, अनुशासन, असल आचरण, व्यवहार, चरित्र, योग्यता क्षमता, प्रतिवद्धता र सुसंस्कार आदि जस्ता विशेषता हुनु नितान्त जरुरी हुन्छ ।
अन्तमा देश हाँक्ने पार्टीहरूमा स्वच्छ प्रतिस्पर्धा र सुशासनको विकास हुँदै जाओस्, समग्र विकास भन्नाले केवल भौतिक पूर्वाधारलाई मात्र नलिई स्थानीय स्तरको व्यापक आर्थिक विकासका कार्यक्रमहरू संचालन होस्, समग्र विकासमा सन्तुलनता रहोस्, सम्पन्न र विपन्न वर्गबीचको असमान दुरीमा कमी आओस्, देशमा व्यापक रूपमा स्वरोजगारका अवसरमा वृद्धि होस्र देशको कहालीलाग्दो श्रम शक्ति विदेशीने क्रम रोकिंदै जाओस भन्दै हालै स्थानीय निर्वाचनबाट नव निर्वाचित जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्रतिक्रिया