विराटनगरमा गठबन्धन दलका प्रमुख पदका कोइराला छ हजार मतले अगाडि

इनेप्लिज २०७९ जेठ ६ गते १०:१४ मा प्रकाशित


विराटनगर,६ जेठ । विराटनगर महानगरपालिकाको आज बिहान प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दलको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला छ हजार १४८ मतले अग्रता लिइ रहनु भएको छ।

यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फवाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा एमालेका उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्की भन्दा नौ हजार २७९ मतले पछाडि रहनु भएको छ।

मुख्य निर्वाचन कार्यालय विराटनगरको मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट आज बिहान जारी पछिल्लो परिणाम अनुसार गठबन्धन दलका तर्फबाट नेकां महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, नेकपा एमालेका सागर थापाले १८ हजार ४१५,स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गर्नु भएको छ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी कार्कीले २१ हजार ३८३ ,गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका यादवले १२ हजार १०४,राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले चार हजार ४५८ मत प्राप्त गर्नु भएको छ।

विराटनगर महानगरपालिकाका वडा नं १, ३, ४ र १४ को वडा अध्यक्षमा नेकपा एमाले र वडा नं ५ को वडा अध्यक्षमा नेपाली कांग्रस विजयी भएका छन्।महानगरको वडा नं ६,८,९,१०,११ र १२ को मतगणना भैरहेको छ।

प्रतिक्रिया