विराटनगरमा गठबन्धन दलका प्रमुख पदका कोइराला पाँच हजार मतले अगाडि

इनेप्लिज २०७९ जेठ ५ गते २२:२१ मा प्रकाशित

 

विराटनगर,५ जेठ।विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दलको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला पाँच हजार ३६१ मतले अग्रता लिइ रहनु भएको छ।

यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी,नेपालका तर्फवाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा एमालेका उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्की भन्दा सात हजार ४८५ मतले पछाडि रहनु भएको छ।

मुख्य निर्वाचन कार्यालय विराटनगरको मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट आज साँझसम्ममा ६४ हजार २८० मतगणना पछि जारी परिणाम अनुसार गठबन्धन दलका तर्फबाट नेकां महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २० हजार ७९५,नेकपा एमालेका सागर थापाले १५ हजार ४३४,स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले छ हजार ४७७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार १७ मत प्राप्त गर्नु भएको छ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी कार्कीले १७ हजार ८७९,गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले १० हजार ३९४ , राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले चार हजार ८६६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ७८९ मत प्राप्त गर्नु भएको छ।

यस्तै विराटनगर महानगरपालिकाका वडा नं १५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित हुनु भएको छ। अहिले महानगरका १० वटा वडामा ३,४,५,६,८,९,१०,११,१२,१४,को मतगणना भैरहेको छ। विराटनगर महानगरपालिकामा अब २५ हजार ३९६ मतगणना गर्न बाँकी रहेको छ।

प्रतिक्रिया