एसोसिएशन ऑफ नेपाली तारायइन इन अमेरिका(ANTA) को प्रत्येक दुई वर्षमा हुने माहाअधिवेशन ANTA को(Bylaw)विधान र नियमावली अनुसार छैठौं माहामहाधिवेशन अमेरिका को वासिङटन डिसिमा 2021 अगस्त 21st मा बडो हर्षोल्लासका साथ भव्य र सभ्य रूपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र उच्च पदस्त व्यक्त्ति र महानुभावहरूको उपस्थितिमा संपन्न भइसकेको कुरा यहाँहरूलाई अवगतै छ । अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा नयाँ निर्वाचित कार्यसमिति गठन भइसकेको छ र हाल सम्म अनवरत रूपमा वैधानिकता पाई कार्यरत रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
तर कतिपय ANTA बाट राजीनामा दिएका व्यक्ति र समूहले ANTA अमेरिकाको लोगो प्रयोग गरेर नियतवश भ्रम पार्ने तरिकाले छैठौं माहामहाधिवेशन कार्यक्रम भन्दै भ्रम छर्न प्रचार प्रसारमा प्रयोग गरिएको पाइएको छ । यस प्रति हाम्रो ध्यान आकृष्ट भएको छ ।
ANTA) प्रत्येक दुई वर्षमा हुने माहाअधिवेशन नियमावलीअनुसार छैठौं माहामहाधिवेशन अमेरिका को वासिङटन डिसिमा 2021 अगस्त 21st मा संपन्नगराउने बेलामा May 31, 2020 अध्यक्ष अपराजिता झाले राजिनामा दिएर पछी तत्कालीन वरिष्ठ उपाध्यक्ष डा. इंद्रदेव साहू ले ANTA नियमानुसार अध्यक्ष को हैसियत ले महाअधिवेशन सम्पन्न गराउनुभयो तर राजीनामा दिएर की झा ले माहाअधिवेशनलाई रोक्नको लागि अनाधिकृत रूपमा संस्थाको लोगो राखेर सदस्यहरूको डाटा र सूचनाहरू सङ्कलन गरेर सदस्यहरुलाई फोन गरेर धम्की दिँदै महाधिवेशनमा नजान जबरदस्ती गरेको कुरा यथावतै छ । त्यतिमात्र नभई महाधिवेशनलाई रोक्नको लागि वर्जिनियां को फेयरफैक्स कंटी को अदालत मा महाअधिवेशन रोकन फर्जी मुद्दा दर्ता गरेको र अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको कार्यसमितिले अधिकारिक भएको सूचना समेत अदालतमा पठाइसकेको हुँदा ANTA बाट राजीनामा दिएका व्यक्ति झा र उहाँको परिवारिक समूह अरविन्द झा, कौशल झा ले फर्जी मुद्दा को आधारमा म र मेरो परिवार नै ANTA हो भन्ने गलत संदेश समाजमा दिदै ANTA अमेरिकाको लोगो प्रयोग गरेर नियतवश भ्रम पार्ने तरिकाले छैठौं माहामहाधिवेशन कार्यक्रम पुनः हुनलागेको भ्रम छर्दै गलत प्रचार प्रसारमा लानोको छ । एसोसिएशन ऑफ नेपाली तारायइन इन अमेरिका ANTA ले कुनै पनि व्यक्ति र समूहलाई यस्ता काम गर्ने र गराउने अख्तियारी दिइएको छैन। संस्थाको विरुद्ध अवैध रूपमा गरिएका यस्ता क्रियाकलापको भ्रममा नपर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन आम सदस्यहरूलाई आह्वान गर्दछौँ ।। जय ANTA ! Jay Nepal !!
भवदीय
खुश नन्दन ठाकुर
प्रवक्त्ता(Spokesperson)
[email protected]
Contact us
[email protected]
ANTA President
Mohan Yadav
[email protected]
ANTA General Secretary
Rajbir Yadav
[email protected]
Visit us
www.anta-terai.org
https://www.facebook.com/ANTAOfficially/
प्रतिक्रिया