विराटनगर,४ जेठ।विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दलको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसले तीन हजार ९३७ मतले अग्रता लिएका छन्।
मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट आज साँझ जारी गरिएको सूचनामा ४८ हजार ३०९ मतगणनामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले १५ हजार४३०,नेकपा एमालेका सागर थापाले ११ हजार ४९३,स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले चार हजार ८०७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार १०१ मत प्राप्त गर्नु भएको छ।
यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १३ हजार१७९,गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका अमरेन्द्र यादवले सात हजार ९४६,राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले तीन हजार ७७९ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले दुई हजार ७८२ मत प्राप्त गर्नु भएको छ।
यस्तै विराटनगर महानगरपालिकाका वडा नं ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मधुबाबु तिवारी एक हजार ३१२ मत ल्याई निर्वाचित हुनु भएको छ। महानगरमा अहिले वडा नं ३,४,५,६,८,१२,१४,१५ को मतगणना भैरहेको छ।
प्रतिक्रिया