हाम्रो मुलुक भारत, अमेरिका र चाईना मध्ये एउटा मुलुकमा विलय हुन आवश्यक छ । देशभक्त र राष्ट्रवादी भएको कारण नै राजा ज्ञानेन्द्र शाहलाई सत्ता छोडनुपर्ने अवस्था आएको थियोे । राजा ज्ञानेन्द्र बाहेक मुलुकमा देशभक्त र राष्ट्रवादी कोही पनि छैनन । प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमीले धेरै पहिले नेपाल भन्ने शब्द हटाउनुपर्ने भनेकी थिइन । वास्तविक कुरा भनेकी रहेछिन । आज महसुस भयो । मुलुकमा नेताहरु दोषी होइनन । नेपाली जनताहरु दोषी रहेछन । मैले ६०१ जना सभासद र ८८४ सांसदहरुको श्राद्द गरेकोमा मलाई पश्चाताप भइरहेको छ । मुलुकमा हाल कायम रहेको जनसंख्या मध्य ९०% प्रतिशत जनताहरुको श्राद्द गर्नुपर्ने रहेछ आज बल्ल थाहा भयो । राजसंस्थाको विरोधमा उफ्रि उफ्रि सडकमा आन्दोलन गर्ने राजसंस्था फाल्ने त्रिभुवन शाहको शालिक, पृथ्वीनारायण शाहको शालिक, महेन्द्र शाहको शालिक, बिरेन्द्र शाहको शालिक ढाल्ने, मुलुकको इतिहास मेटाउन खोज्ने र राष्ट्रिय संरचनाहरु ध्वस्त गर्ने नेपाली जनताहरु नै हुन । मुलुकमा ९०% प्रतिशत नेपाली जनताहरु महापापी छन । यसकारण मुलुकले आजसम्म सहि निकास पाउन सकेको छैन । मुलुकले निकास नपाउनुमा नेपाली जनताहरु नै दोषी छन ।
राजा ज्ञानेन्द्र शाहलाई मेरो प्रश्न आजसम्म देशभक्त भएर नेपाली जनताहरु बाट के पाउनु भयो ? कसको लागि देशभक्त बन्नु भएको हो ? मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन । नेपाली जनताहरु ताक परे तिवारी नत्र गोतामे, दहीचिउरे अवसरवादी, स्वार्थी र बिकाउ छन । राजा ज्ञानेन्द्र शाहले मेरो भनाइहरुलाई राम्ररी आत्मसात र मनन गरि अघि बढनुपर्ने हुन्छ ।
मुलुकमा ढुकुटी समाप्त भएको अवस्था छ । जनताहरु रुख, सुर्य र हँसिया हथौडा लगायतका पार्टीहरुमा भोट दिएर दशैं र तिहार आए झैं रमाएका छन । आउने दिनहरूमा मुलुकको अवस्था के कस्तो हुने बारे नेपालीहरुलाई चेत छैन । नेपालीहरु ताक परे तिवारी नत्र गोतामे, दहीचिउरे, अवसरवादी, स्वार्थी, बिकाउ र महापापी छन ।
अब मेरो लक्ष्य, उद्देश्य र अभियान नै मुलुकलाई विघटन गरी विलय र गाभ्नु पर्छ भन्ने हो । नेपाली जनताहरु बाट मुलुकले सहजै निकास पाउने अवस्था देखिदैन । अब मुलुकलाई विघटन गर्नु नै मेरो अभियान रहने छ ।
म सँग राष्ट्र, राष्ट्रियता र खोक्रो राष्ट्रवादको कुरा गर्ने दुस्साहस कसैले नगर्नुहोला । नेपालमा राजसंस्था बाहेक नेपालीहरुमा कत्तिको राष्ट्रियता रहेछ भन्ने कुरा २०७९ सालको स्थानीय निर्वाचन पश्चात झनै स्पष्ट रूपमा छर्लङ्ग भइ सकेको छ । अब आफू त मुलुकलाई भारत, अमेरिका र चीन मध्य एउटा मुलुकमा विलय अर्थात गाभ्न पर्छ भन्ने अभियान तर्फ लागियो । अब मुलुकलाई तत्काल विघटन गर्न आवश्यक छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६
प्रतिक्रिया