मलाई राम्रो लाग्छन्
आतङ्क र अपराधका हिमायतीहरू पनि
मलाई असाध्यै मन पर्छन्
बारम्बार असक्षम भएका र नालायकहरू पनि
मलाई आफ्नै बा जस्तो लाग्छन्
घमन्डी, कुरौटे र गफाडीहरू पनि
मलाई साख्खै आफ्ना जस्तो लाग्छन्
मै लाई चुस्ने भ्रष्ट र बेइमानहरू पनि
त्यसैले त म,
बारम्बार हाल्छु भोट तिनैलाई
भोट हाले पछि सरापे जस्तो गर्छु तिनैलाई
तर,
मुखले सरापे जस्तो गर्ने मात्रै हो,
म निकै दयावान् छु
आज्ञाकारी छु
आदेशको पालक छु
फेरी झन्डा बोक्न तयार हुन्छु म
नारा, जुलुस, तिनकै पछि कुद्छु म
मेरा हजुर बा ले त्यसै गरे
मेरा बा ले त्यसै गरे
म पनि तिनकै सन्तान न परेँ
मैले फेरी तिनै लाई भोट गरेँ
चुनाव सकिए लगत्तै,
हिँड्नु छ विजय जुलुसमा
त्यसको भोलि पल्ट बनाउनु छ पासपोर्ट
किन कि जानु छ अरू सँगै
अघिल्लै दिन देखी लाइन लागेर,
अरब, दुबाइ, कतार, मलेसिया तिर
पापी पेट मलाई लखेटी रहन्छ
बिहान बेलुकी भोक लाग्यो भन्दै !
– रामप्रसाद खनाल, May 17, 2022
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया