युक्रेनले युरोभिजन गीत प्रतियोगिता जित्यो

इनेप्लिज २०७९ जेठ १ गते ०:१७ मा प्रकाशित

युक्रेनले युरोभिजन गीत प्रतियोगिता जितेको छ । रुसी आक्रमणको तीन महिनाभन्दा बढी समयपछि प्रतीकात्मक विजयमा युक्रेनले यस वर्षको युरोभिजन गीत प्रतियोगितामा शीर्ष सम्मान प्राप्त गरेको छ।

युरोभिजन गीत प्रतियोगिता २०२२ को समापन प्रतियोगिता इटालीको टुरिनबाट प्रत्यक्ष प्रसारणको आयोजना गरिएको थियो। जहाँ २५ देशले पदकका लागि प्रतिस्पर्धा गरेका थिए । अर्को वर्षको युरोभिजन गीत प्रतियोगिता आयोजना गर्ने सम्मान पनि पाएको छ ।

संगीत, प्रस्तुति, मनोरञ्जन र उत्साहको ४ घण्टापछि युक्रेनका कलुश अर्केस्ट्रालाई ६५ औं युरोभिजन गीत प्रतियोगितामा “स्टेफानिया” गीतको विजेताको ताज पहिराइएको थियो।

कलुश अर्केस्ट्राले आफ्नो गीत प्रस्तुत गरेपछि, उनीहरूले लाखौं दर्शकहरूलाई सम्बोधन गर्दै भने “मेरिउपोल बचाउनुहोस्, युक्रेन बचाउनुहोस् र आजोभस्टललाई मद्दत गर्नुहोस्”।

वार्षिक गीत लेखन र प्रदर्शन प्रतियोगितालाई राष्ट्रिय गौरवको अनुभूति गर्ने अवसरको रूपमा हेरिन्छ। विजेतालाई युरोपभरका पेशेवर संगीतकारहरू र दूरदर्शन (टेलीभिजन )दर्शकहरूको समूहद्वारा मतदान गरिन्छ, यद्यपि दर्शकहरूले आफ्नै देशको प्रवेशकलाई मतदान गर्न सक्दैनन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको विजयको घोषणा भएको केही सेकेन्डपछि सामाजिक संजाल इन्स्टाग्राममा सांगीतिक मण्डली (ब्यान्ड)को प्रशंसा गरेका थिए ।

हाम्रो साहसले संसारलाई प्रभाव पार्छ, हाम्रो संगीतले युरोपलाई जित्छ ,उनले सामाजिक संजाल प्रकाशनमा भनेका छन् । अघिल्लो वर्षको प्रतियोगिताको विजेताले प्रतियोगिता आयोजना गर्न पाउने नियमलाई संकेत गर्दै उनले भने: “अर्को वर्ष युक्रेनले युरोभिजनको आयोजना गर्नेछ ,युक्रेनको इतिहासमा तेस्रो पटक। हामी हाम्रो सक्दो प्रयास गर्नेछौं। युक्रेनी मेरिउपोलमा युरोभिजनका सहभागीहरू र पाहुनाहरूलाई एक दिन आतिथ्य गर्नेछ ।

युरोभिजन विश्वको सबैभन्दा धेरै हेरिएको कार्यक्रमहरू मध्ये एक हो जसका लाखौं दर्शकहरू छन । ,र यसले प्राय: गीतकार र कलाकारको जीवन-यात्राको प्रारम्भलाई सक्रिय पार्दछ ।

परम्परागत रूपमा विजेता राष्ट्रले अर्को वर्षको कार्यक्रम आयोजना गर्दछ । हजारौं दर्शक र मनोरन्जन पत्रकारहरूलाई आकर्षित गर्दछ, र देशको पर्यटन उद्योगमा ध्यान आकर्षित गर्दछ भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया