युक्रेनद्वारा अजोभस्टल कारखानाबाट घाइते सैनिकहरूलाई बाहिर निकाल्न सम्भावित टर्कीको भूमिकालाई स्वागत गर्ने

इनेप्लिज २०७९ वैशाख ३१ गते १८:३५ मा प्रकाशित

युक्रेनका उपप्रधानमन्त्रीले मेरियुपोलको अजोभस्टल कारखानाबाट घाइते सैनिकहरूलाई बाहिर निकाल्न मद्दत गर्न टर्की वा चिनियाँ मध्यस्थताको सम्भावनालाई सरकारले स्वागत गर्ने बताए।

इरिना भेरेश्चुकले युक्रेनी दूरदर्शन (टेलिभिजन)मा भनिन्, “टर्की पक्ष वास्तवमा निकासी मुद्दाहरूमा मध्यस्थकर्ता हुन सक्छ। हामी अहिले गम्भीर घाइतेहरूको बारेमा कुरा गर्दैछौं र यो आईसीआरसी [अन्तर्राष्ट्रिय रेड क्रस] को प्रश्न हो। यदि टर्कीले यसमा मध्यस्थता गर्न सक्छ भने त्यो राम्रो हुनेछ।

“यदि सी जिनपिङले प्रभाव पार्न सक्छ भने त्यो पनि राम्रो हुनेछ। हामी राम्रोको आशा गर्छौं,” उनले भनिन्।

भेरेश्चुकले भनिन यदि टर्की वा चीन संलग्न थिएनन् भने, “कम्तीमा एउटा कागजातमा आइसिआरसि प्रतिनिधिहरूले हस्ताक्षर गर्नुपर्नेछ, जसलाई जेनेभा सम्झौता अन्तर्गत, प्रक्रियाको अनुगमन गर्ने अधिकार छ र यसका साथै यस प्रक्रियामा नेतृत्व लिन सक्छ ।”

हामी कागजातमा हस्ताक्षर गर्न चाहन्छौं, कसरी अजोभस्टलबाट निकासी हुनेछ ।एउटा निकाशी मार्ग व्यवस्था गरेर गम्भीर घाइते सैनिकहरूलाई जापोरिझियामा लैजान अनुमति चाहिन्छ ,उनले भनिन ।

भेरेश्चुक र टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिन खाली गर्ने एउटा विकल्पको रूपरेखाको रूपमा बोलेका थिए ।

 

प्रतिक्रिया