विराटनगर,३० वैशाख।स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकामा आज सम्पन्न भएको निर्वाचनको मतपेटिका संकलन कार्य शुरु भएको छ।
विराटनगर–७ स्थित आदर्श माविमा रहेको मतगणना स्थलमा मतपेटिक संकलन भै रहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी होमबहादुर वुढाथोकीले जानकारी दिनु भयो।
महानगरपालिकाको सम्पूर्ण मतपेटि संकलन पश्चात वस्ने सर्वदलीय बैठकले मतगणनाको सयम निर्धारण गर्ने उहाँले बताउनु भयो।
मतगणना स्थलमाको सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बताउनु भयो।विराटनगर महानगरपालिकामा १४० मतदान केन्द रहेको छ।
महानगरको ९७ पदका लागि ७२७ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।यस पालिकामा एक लाख ३३ हजार १४२ जना मतदाता रहेका छन्।
प्रतिक्रिया