पलका दाईले पलले पाएको दुख सम्झेर आशु सम्हाल्न सकेनन्,जेलमा भेट्न जादा पनिआशिर्वाद लिए भन्दै भक्कानिए
नेपाली सिने जगतका चर्चित नायक पल शाह यतिबेला नाबालिग गायिका बलात्कार गरेको आरोपमा जेल जिवन बिताई रहेका छन् । उनी अहिले तनहुँको कारागारमा रहेका छन् । यहि बिबादमा मुख्य खलपात्रको रुपमा अर्थात पललाई जेल सम्मको यात्रा गराएको भन्दै गायक दुर्गेश थापा पनि आलोचित भए।दुबै जना पहिला एकदमै मिल्ने साथी रहेका थिए।तर पछिल्लो यो काण्डले दुबै जनाको दुरी टाढा बनायो।
तर अब फेरी यो जोडी बीचको सम्बन्धमा सुधार आएको खबर बाहिरिन थालेको छ । पछिल्लो घटनाक्रमले यहि कुरालाई पुष्टि समेत गरेको छ । यी दुबै साथी बीच भेटघाटका खबरहरु बाहिरिएका हुन्।गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल भेटेका छन्।दुर्गेशले कारागारमै पुगेर भेट गरेको चर्चा चुलिएको छ । यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो।
पलले समेत आफूलाई दुर्गेशसहित केही साथीले फसाएको बताएका थिए।तर यस बिषयमा दुर्गेशले बारम्बार आफ्नो कुनै भूमिका नभएको दाबी गर्दै आएका छन् ।त्यतिमात्र हैन नाबालिग गायीकाको बयान फेरिए संगै पल जेल बाट बाहिर आउने संभावना भने बढेर गएको छ।भनिन्छ पलले ति गायिका संग बिबाह गर्न राजी भए संगै उनले बयान फेरेकी हुन्।उता अदालतमा पललाई सहयोग हुने गरि गायक दुर्गेशले पनि बयान पनि दिएका थिए।पहिले सम्बन्ध चिसिएको भनिए पनि पललाई सहयोग पुग्ने बयान दुर्गेशले दिएपछि उनीहरुबीच सम्बन्ध सुधार भएको हुनसक्ने अनुमान गरिएको छ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया