विराटनगर,२९ वैशाख मोरङ जिल्लामा मतदान बुथको निर्माण कार्य आज सम्पत्र भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।
जिल्लामा ३०० मतदान स्थल र ८२० मतदान केन्द्रमा वुथ निर्माण, मतदाता परिचय पत्र वितरण,मतदान केन्द्रमा महिला,पुरुष तथा अशक्त्त,जेष्ठ नागरिक,अपाङ्गको लागि बेग्ला वेग्लै मतदान लाइन लाग्ने स्थान निर्माण सम्पत्र भएको प्रमुख निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो।
मतदान स्थलमा विद्युत, लगायत बर्षा भएमा मतदाताका लागि सुरक्षाका लागि आवश्यक पर्ने त्रिपाल लगायतको व्यवस्था गरिएको विराटनगर–१३ स्थितका श्रीबाल विकास माविमा खतिएका मतदान अधिकृत महेन्द्र सिटौलाले जानकारी दिनु भयो ।
उहाँले मतदानका लागि आवश्यक पर्ने सर्वदलीय बैठक मतदाता परिचय पत्र वितरण,राजनीतिक दलका लागि स्वयंसेवक परिचय पत्र वितरण गर्ने कार्य पनि सम्पत्र भएको बताउनु भयो।
मतदान कार्य भोलि(शुक्रवार) बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरिसक्नेले मत खसाल्न पाउने व्यवस्था रहेको छ।
मतदान कार्य शान्तिपूर्ण,स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पत्र गर्न जिल्लामा स्वयंसेवक गरी सात हजार २८५ कर्मचारीहरु परिचालन भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो।
उहाँले जिल्लामा सुरक्षित रुपमा मतदान सम्पत्र गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी पाँच हजार ८०० जनाले सुरक्षा दिइने बताउनुभयो।
मतदान कार्य सम्पत्र भएपछि विराटनगर महानगरपालिकाका मतगणनाका लागि विराटनगर –९ स्थित आदर्श माविमा व्यवस्थित घेरबेर गरी तयार आवश्यक सुरक्षाको व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनु भयो।
सोही विद्यालयको प्राङ्गनमा मतगणना कार्यमा सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषणका लागि नेपाल पत्रकार महासङ्घ मोरङले उच्च गतिको इन्टरनेटको सहित आवश्यक अन्य सामाग्रीको व्यवस्था गरेको सचिव नेत्र पि अधिकारीले बताउनु भयो।
विराटनगर नगर क्षेत्रमा शुक्रवार जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगरको स्नातकोत्तर क्याम्पसमा,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आदर्श माविमा मतदान गर्नु हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया